व्याल्कनिबार हर्वा दाकि मउ गोरबाकरा गोठ बादिबरे तन्यारो हालि भिरत गया । गोठका दार उगाडाइ छाडिबरे भितरिया पाछा खानिधानिमा लाग्यान । भितर खान्नुइ पैरैथ्या रे उन्ज्याँ सोडाइनि सडाम्मु भइ, बाकारा पाठाले जोरले म्याँ....... म्याँ गर्यो । कि भयो भणि भाइर झाइ हेरन्थ्या त बागले बाकरा पाठो कानइनि हालि लइग्यो रैछ । आब बाकरो लइग्यापाछा हर्वा दा घरा बौजु दार ढोकिबरे हुलो हाल्लु पस्यान । उन्ज्या हर्वा दा बोल्या रे बाकरो गाड्यो अइतिर, हुलो हाल्यो पैतिर, आघाडि तस्या दार ढोक्या भ्या कस्याँ लइझानोब बाकरो, आब हुलो हाल्याले किहन्या हो ब ? हुन्या कुरा त होइसकिग्यो रे ।
.gif)