बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

सुनिन छाडे आइना बातै


शनिबार, पुस १६ २०७९
  • 213
    Shares

  • images
    images
    images
    images

    महेन्द्रनगर । सुदूरपश्चिममा पुस पन्ध्रको दिन विशेषगरी गाउँखाने कथा अर्थात आइना बातैले महत्व राख्छ । 
     तर पछिल्लो समय प्रविधिको प्रयोगले मानिसहरु एक आपसमा प्रत्यक्ष भेटघाट नहुने र मनोरञ्जनका अन्य साधनहरुको लोकप्रियता बढ्न थालेपछि आइना बातै जस्ता परम्परागत लोक साहित्यक प्रस्तुतीहरु हराउन थालेका छन । लोक साहित्यका जानकार कविराज भट्टका अनुसार सुदूरपश्चिममा परम्परागत ज्योतिष गाणितका अनुसार पुस पन्ध्रलाई सबैभन्दा ठुलो रातका रुपमा मान्ने गरिन्छ । अत्सन्तै चिसो समय हुने भएकाले पुस पन्ध्रको रातीमा गाउँका सबै मान्छे एक ठाउँमा भेला हुने र आगो तापेर जाग्राम बस्ने परम्परा रहेको जानकार भट्ट बताउँछन ।
     “रातभर आगो ताप्दै आइना बातै संगै अन्य लोक साहित्यका प्रस्तुती सुन्ने र सुनाएर मनोरञ्जन गरिन्थ्यो  ।” उहाँले भन्नुभयो–“पछिल्लो समय प्रविधिले गर्दा मनोरञ्जनका अन्य साधनहरु आएपछि यो परम्परा लोप हुन थालेको छ ।” उहाँले अहिले मानिसहरु एकआपसमा भेला हुन समेत गाह्रो भइसकेको छ । प्रविधिको विकासले आगोको सट्टा विद्युतिय उपकरणहरु र सांस्कृतिक विचलनले यो परम्परा हराउन थालेको उहाँले बताउनुभयो । 
     त्यसैगरी साहित्यकार रमेश पन्त मीतबन्धुले पछिल्लो समय आनुनिकतामा मान्छेहरु बढी रमाउन थालेपछि परम्परागत लोक साहित्यहरु ओझेलमा परेको बताउँछन । उहाँका अनुसार पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।
     उहाँले तत्कालीन डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृर्षि र पशुपालनमा आधारित अर्थतन्त्र रहेकाले। गरिबीका कारण खान लगाउन समस्या हुने र कठ्याङग्रिदो चिसो छल्न रातभरी आगो बालेर पौष्टिक आहार खाने कन्दमुल खाने प्रचलन रहेको बताउँनुभयो । “तत्कालीन सभ्यता अनुसार लुगा कपडा नभएको हुदाँ आगो तापेर समेत चिसो छल्न सक्छौ भन्ने समेत सन्देश यो पर्वले दिएको छ ।” उहाँले भन्नुभयो–“अहिले विकासक्रमले हरेक मान्छेको प्रविधिसंग सहज पहुँच हुँदा परम्परागत प्रचलन हराउन थाले ।” उहाँका अुनसार कन्दमुल जस्ता खानेकुराहरु खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किम्बदन्ती छ । 
     सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डमा पुस १५ देखी उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको साहित्यकार डम्बर शर्मा बडु बताउँछन । उहाँले पुस पन्ध्रको धार्मीक भन्दापनि सांस्कृति एंव सामाजिक महत्व रहेको बताउनुभयो । “यो रात बुढापाकाबाट अर्ती उपदेशहरु सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ ।” उहाँले भन्नुभयो–“एक आपसमा भेटघाट हुने र सामाजिक सद्धभाव र एकता समेत कायम राख्छ ।” यो पर्वले नैतिकताको पाठ समेत सिकाउने उहाँले बताउनुभयो ।
       सुदूरपश्चिममा रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा लिईन्छ । पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ  भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवा पुस्तामा लोक संस्किृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।


  • सम्बन्धित विषय:

  • # आइना बातै


  • प्रतिक्रिया दिनुहोस
    images