शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्यालि लोक साहित्यमाइ भगन्यौला


शुक्रबार, माघ १४ २०७८
  • 1.4K
    Shares

  • images
    images
    डोट्यालि लोक साहित्यमाइ भगन्यौला

    १. विषय प्रवेश
    मान्सका मनका भाव अर्खालाइ बतुनाकि रे अर्खाकी कुरडि. आफुले जाण्णाकि केइनकेइ बोलि नभै नहन्या हुन्छ । कसैलै ठौरकि बोलिले उइठौरकि पछ्याण बोकेकि हुन्छे । उइ ठौरका मान्सुनको इतिहास, चालचलन, धर्म, संस्कृति, साहित्य औरलै भौत्ति कुरडि. बोलिले बोकिबरे आइरन्छे । लोकमाइ चलिबरे आयाको आर्खापुस्तामा सद्दोइ रन्या सम्पतिखाइ लोकसम्पति भण्णान । डोट्यालि बोलीमाइलै तसि लोक सम्पति भौत छ । तसै सम्पति माइ भौत महत्व राख्या हमरो डोटी भौत ऐतिर छ । ऐलको सुदूरपश्चिम प्रदेश बाइस्या चौबिस्या राज्यौनका पालामा डोटी राज्य थ्योे । डोटीमाइ बोलिन्या भाषा डोट्यालि भाषा हो । डोट्यालि भाषा लोक साहित्यमाइ भौत सौकार छ ।  हमरा एइ ठौर काजबारुनमा गाइन्या फाग, सगुन, डुस्को, धुमारी, चैत, भडा.,चाँचरी, भैन, बातइ रतेडा.,गीत, बैरा, भगन्यौला, औरलै भौत्ति चिज छन् । यिनमा हमरी परम्परा जीवित छ । हमरा पुर्खा कसा थ्या ? कसि भाषा बोलन्थ्या ? कि खान्थ्या ? कसो लौन्थ्या ? कसो धर्म मानन्थ्या ? समाजमाइ हमरा पुर्खानकी ठौर कसी थी ? राजनीति कसेरी गरन्थ्या रे कसी शिक्षा हमरा समाजमाइ थि सप्पै कुरडि. यिनुइमा बाचिरैथी । हमरा लोकमा भयाका यिन सम्पति हमले पड्डु, जाण्णु रे बुज्जु पड.न्छ । तत्तीले मात्तरी नहोइबरे तैमाइ भयाका निका निका कुरडी. अफनी जिन्दगीमाइ काम लुनपडन्छी ।

    २. डोट्यालि लोकसाहित्यमाइ भगन्यौला 
     भगन्यौला हमरी भाषामा भएको एक लोक विधा हो । डोट्यालि लोकसाहित्यका लोक पद्य तिरको सपहै नान विद्या लोक साहित्य हो । एइमा जपानी हाइकुकि जनी  तिन लाइन हनान । पैल्लीकालै ढक्कनाइकी लाइनमा अन्त्यानुप्रास मिलेको हन्छ ।  डोट्यालि भाषामाइ भग भण्यो भोगाइ रे न्यौला भणेको कोइली  । न्यौला झिकगरी चैत बैशाखका उराडिला निुन बास्सान । दुःखका गीत गौन्या या त बिहर वेदना पोख्या चडो.न्यौलो भयोको हनाले तसाइ बिरहका कुरड.ी औन्या हनाले आफुले भोगेका वेदना बिरह भण्या अर्थमा यिसेरी गाइन्या बिरहका गीदुनथाइ भगन्यौला भणेको हनपडन्छ । एइ विधाको ऐल सम्म अध्ययन नहोइ¥योको हनाले भौत्ति कुरडी ऐलै भण्ण नसकिन्या स्थिति छ । मुइलाइ लागन्छ भगन्यौला सम्बन्धीको यो पैलो कार्यपत्र हनपडन्छ ।  जि भयालै यो डोट्यालि लोक साहित्यमा लोप हन्नारयो एक सम्पत्ति हो , लोक पद्य हो । एइमा मान्सुनका मनका वेदनाकी कुरडी , मान्सुनले भोग्याका दुःखकी कुरडी थोक्कै भणी झिक्ुइ बतुनाकी एइको प्रयोग हन्थ्यो । भगन्यौलानमा हमरी समाजका अर्ति, उपदेश, बिरह वेदना लुग्या हनान । साहित्यका सिङ्गार, करुण रस भरिएको , कत्तेइ छेड हाणिएको भगन्यौलानमाइ पाइन्छ । फोलामा न्वाले भणेइजनी तिन्नै छेउटानमाइ बाइस बठे चौबिस अक्षरमाइ  संसारकी कुरडी अटिरयाका यिन भगन्यौला हमरी डोट्यालि लोक साहित्यका सम्पति हन यिनरी खोजि गरिबरे संरक्षण, विकास रे लेख्य साहित्यमा जीवित राख्खु आधुनिक साहित्यमा यिनलाई स्थान दिन हम सपैको कर्तव्य हन्छ । 


    ३. भगन्यौलाको संरचना
     भगन्यौला संरचनाका हिसाबले डोट्यालि लोक साहित्यमाइ भएको सप है नान रचना हो । एइको संरचना कत्तेइ  ७, १०, ७  गरि चौबिस अक्षरमाइ होइरैछ कत्तेइ ६, १०, ६ माइलै छ । हमरी भाषाको वैज्ञानिक अध्ययन विश्लेषण नहोइ¥योको हनाले अक्षरकि कुरडि ठिक्क भण्णकि असजी छ । तबले आँखा धेक्कु, कानको सुण्णु बाइस बठे चौबिस अक्षर भितरीको भगन्यौलाको संरचना छ । एइका टुपामुणै छेउटा लै ढकना छेउटामा लै अनुप्रास मिलेको हन्छ । कत्तेइ बिचमुणिका छेउटामा लै अनुप्रास मिलेको हन्छ । जाण्णकि लेखा एक भगन्यौला ः 

    पाकिझान्ना गिउँला
    मुखडी.की बलाइ लिउँला
    गाली क्याकी दिउँला


     एइ भगन्यौलामा पैल्लीका छेउटाको गिउला, बिचमुणीको लिउँला रे ढकनाका छेउटाको दिउँला अनुप्रास मिलेका शव्द हन । पैल्लिकिका छेउटामा ७ अक्षर बीचमुणिकामा १० रे ढकनामुणिकामा आजि सातै अक्षर छन् । एइमा पैल्लिका रे ढकनाका छेउटामाइ अनुप्रस मिल्लु जरुरी हन्छ । तिनै छेउटानमा अनुप्रास मिलेको भया झिक निको । केइ ६, १०, ६ का संरचनामा  आफूइले बनायाका भगन्यौला इसा छन् ः

    करमका खेल
    दोजिएइ किसनकि इज्या
    हात पड्या नेल

    न्यौला बास्न्या वन
    जन फुलेइ बुरुज फूल
    पैरन्या कोइ छैन

    वनवेत झौला
    सासुकी कचकच क्याइ हो
    जसो मिल्यो खौँला

     
    ४. निष्कर्ष

    डोट्यालि भाषा लोक साहित्यमाइ भौत धनी छ । एइमा भयाका लोक पद्य रे लोक गद्य हमरा लोक सम्पति हन । यिनमा हमरो संस्कृति, चालचलन, मौलिकता, अर्ति उपदेश, इतिहासरे हमरो लोक जीवन हुन्या हनाले यिनरो अध्ययन गरी औन्या सन्ततिनकि लेखा लेखिबरे राख्खु जरुरी छ । भौत जसा चिज आजभोल लोप हन्नारयान यिनलाइ लोप हन नदिनाकी लेख्खु जरुरी छ । ऐल पश्चिमा संस्कृतिले हमरी संस्कृति खान पैरैछ । हमरा साहित्यका बारेमा हमुइलाई ज्ञान नभयाका हनाले लै यो समस्या औनपैरएकी हो । हमले यिनरा बारेमा अध्ययन गरी लेख्या परम्परा बसुन सक्या हमरा साहित्यका क्षेत्रको विकास हुन्या थ्यो । यिसेरि हमारा एइ लोक पद्यलाई लेख्य रुप दिबरे हमरा साहित्यको गुणात्मक विकास गद्दाकि एइलाइ विरहका गीतमाइ मात्तरी सीमित नराखिबरे जसेरी ऐलका साहित्यले समाजका सप्पै कुरा छोइराखि छ तसेरी एइमालै समाजमा हन्या घटना, दर्शन, राजनीति सपै कुरा समेटिबरे भगन्यौलाको संरक्षण रे विकास गद्द सकिन्छ । 

     

      

     

     




    प्रतिक्रिया दिनुहोस