सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु


पश्चिम प्रेस
बिहीबार , माघ २६ २०७९
  • 731
    Shares

  • images
    images
    दोधारा चाँदनीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

    महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
     बिहिबार दोधारा चाँदनी–२ स्थित खेलमैदानमा प्रतियोगिताको  एक समारोहका बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख लिम्बुले खेलकुद स्वास्थ्य र अनुशासनका लागि महत्वपूर्ण भएकाले खेलकुदको विकास नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । 
     नगरखेलकुद समितिका अध्यक्ष कर्ह बहादुर थापाले दोधारा चाँदनीका ११ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको बताउनुभयो । प्रतियोगितामा भलिबल,दौड,तेक्वान्दो र रिले लगायतका खेलहरुमा विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन  । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । 


  • सम्बन्धित विषय:

  • # दोधारा चादनी
  • # राष्ट्रपति रनिङ सिल्ड
  • प्रतिक्रिया दिनुहोस