बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

समाजसेवी , शिक्षाप्रेमी तथा आध्यामिक  व्यक्तित्व खगराज चटौत


आइतबार, माघ १६ २०७८
  • 2.8K
    Shares

  • images
    images
    समाजसेवी , शिक्षाप्रेमी तथा आध्यामिक  व्यक्तित्व खगराज चटौत


    एक समय इसो थ्यो पड्यालेख्या मान्स भौत कम हुन्थ्या। पड्डुलेख्खु तति सजि नाइथ्यो। स्कुल कौलेज केइन थ्या। गाउँघरैका जण्ण्यान बटि है नाउँ बाँचक  सिक्दुलै  भौत हुन्थ्यो । निक्करि पड्डाइ हिक्मत सबै नाइ आउथि। ज्ञान प्रचारको माध्यम कथा पुराण हुन्थ्या। आध्यात्मिक रे समाजसेवाका माध्यम बटि है नाउ चल्याका एक विद्वान् हुन खगराज चटौत। डडेल्धुरा जिल्लाका भागेश्वर गाउँ पालिका बोकटा मड़ै गाउँमाञि बिक्रम सम्बत १९९७ साल कातिका मैना शुक्ल पक्षकि गोपाष्टमि तिथि बिपैबारका बिहान ४बज्या ब्रह्म मुहुर्तमि जन्म्याका खगराजजी का इजा बबा शान्ति देवी र धर्मदत्त चटौत हुन। उनले परम्परागत रूपमै प्रारम्भिक शिक्षा गाउघरै लिया पछा वाराणसेय विश्व विद्यालय बटि है अंङरेजी विषय सहित साहित्य वेदान्त शास्त्री सम्मकि औपचारिक शिक्षा पाइ। 

    सामाजिक योगदान 
    समाजमाइ शिक्षाको खाँचो छ भण्या बुजिबरे  ूतमसोमा ज्योतिर्गमय वैदिक उक्ति मनन गद्दाइ खास गरिबरे पिछडिएको बैतडीको तल्लो स्वराड गर्खा, डडेल्धुरा रे कञ्चनपुर  जिल्लामाइ धार्मिक अनुष्ठानन सितै ज्ञान बाण्या, आयुर्वेदिक लै रे एलोपेथिक उपचार गद्द्या, धार्मिक ठौरनको जीर्णोद्धार अद्द्या, सत्संग भवन बनौन्या, ठौर ठौर मान्सनलाइ कम्तिमाइ प्राथमिक विद्यालय त खोल्लु पडन्छ भणि प्रेरित गद्द्या कार्यक्रमनमाइ उन सकि नसकि लाग्या। भजन किर्तन, सत्संग, जाँत मेला पर्व जसा मौकानमाइलै उनले प्रवचनका माध्यम बटि है भेदभाव नगरिबरे सचेतना अभियान चलया। वि सं २०१२ साल बटि है शिक्षा प्रचारका मूल अभियानमाइ स्वयंसेवी अभियन्ताका रूपमाइ उन खटिरया।उनले महेन्द्र हाइस्कुल डडेल्धुरा माइ २०१५साल बटि है  दुइढाइ वर्ष सरकारी शिक्षक रया। पछा २०१७ साल बटि है चार बर्ष मणिलेक हाइस्कुल काणा मेलौली शिक्षक रया हुन ।उतिबेलाका डडेल्धुरा जिल्लाका भौत ठौर इस्कूल स्वीकृत गरौना माइ उनले महत्वपुर्ण भूमिका रै रैथि। तत्कालिन जिल्ला शिक्षा निरिक्षक राजकिशोर सिह सित सम्बन्ध निको भया कारण सर्माली, कोटिगाउँ ,बारू , तेर्छाबटा ,लामिकाणे , बोकटाका प्राइमरि इस्कुल खोल्ला लै रे चलौनामाइ उनरो योगदान भयि कुरडि ताँ का मान्स बतौनान। उन भारतमाइ पड्ड्या बेला वाँका अनेक आन्दोलनन्को प्रभाबका कारण निडर रे हक्कि स्वभाबका उनरो उतिबेलाका बडा हाकिम सित खटपट भया कारण नौकरी छाड्डु पड्यो भणि बतौनान। 


    उति बेलाका इन्सपेक्टर रणबहादुर चन्द ९बेडौति पाटन पछा डिआइजी०को गुण सम्जदान उन ।उनलाई मदत गद्या रे सहकर्मी खलगाड्का वाशुदेव जोशी शास्त्री मणिलेक मा वि का शिक्षक, उत्तम चन्द ,लक्ष्मी दत्त जोशी,गोरि चन्द,  त्रिलोक चन्द खलगाड् ,मन्धिर चन्द, कुन्थलाका नौट चन्द, मान ब चन्द, बिर्पल९रूक्वा०ओझा लगायतका मान्सन  सम्जदान उन जैले उति बेला  २०२०को दशक पैलि०उनरा अभियानमाइ सहयोग पुर्यायो। 

    कुरड़ि भण्णा है लै गरिबरे धेकौन्या उनरा स्वभावका कारन प्रेरित होइबरे समाजमाइ भौत जसा गाउँनका मान्सनले खोल्याका विद्यालय अइल बिकसित भया धेकिबरे उन बडो सन्तोक माण्णान्।


          कोइ कोइ मान्स उनलाइ  डाक्टर भणि पछिण्णान। गाउँ घरतिर स्वास्थ्य संस्था रे स्वास्थ्यकर्मी नभया बेला उनै जसा कुलाउ स्वराडका बिश्राम तिवारी, ओझागाउॅका रामी(रामदत्त) ओझा, रे प्रेमदत्त (देवदत्त ओझा) आगर,रातिखाली लै बैद्दि डाक्टरका रूपमाइ पछ्याणिया मान्स हुन। उनले बम्बै ओर्लि मेडिकल कलेज बटि है  वैद्य प्रविण कि उपाधि पाइराखि थि। गाउँ घरतिर औषधी उपचारका माध्यमबटि है खुप जस पायो  बतौनान। 


    उतिबेला आँमका पातनकि मसि बनाइबरे निङलाइ कलमले केलाका पातनमाइ लेख्द्या, कमेड़ (सेतो माटी) लेपाटिमाइ लेखि पड्ड्या जमना कि उन याद गद्दान। अइल गेदामेदा इ पाटीमाइ लेख्दान, कम्प्युटर चलौनान यो लै भौत खुसी कि कुरड़ि छ। यो उनरो अनुभव हो। 


    अइल ८१वर्ष पुरा गर्याका उनले अफना बित्याका दिन पड्डा(पडौनामाइ, यज्ञ अनुष्ठान संयोजन, भजन किर्तन सत्संग, प्रवचन रे औषधोपचार का माध्यम बटिहै समाजसेवा माइ चढाइ रख्यान।उनरि सेवाकि बारेमाइ टेकराज भारति बतौनान  उनले जति गर्यो अर्खाइकि लेखा भणि गर्यो अफनु केइ बनाएइन ू ठौर ठौर जग्य लौनाइ माणौउनको सुधार गद्दाइ उन खोल्देउ माणौ सर्मालि, परशुराम, ब्रह्मदेव होइबर कपिलवस्तु कृष्णनगर, भैरहवा मणिग्राम सम्म लै पुग्या। 
     उन आत्मसन्तुष्ट छन रे सपै बटि है मायाप्रेम पाइ राख्द्या अपेक्षा राख्दान।

     
    लेखन तथा प्रकाशन 
    आध्यात्मिक साहित्यमाइ बिशेष रूचि भया उनरा लेखन प्रकाशनको विवरण यिसो छ
    सिद्धनाथ महात्म्य भाग १-२,नेपाली तथा हिन्दी संस्करण, प्रकाशक सिद्धनाथ मन्दिर संरक्षण समिति ब्रह्मदेब 
    ब्रह्मदेव र सिद्ध चालिसा, हिन्दी संस्करण 
    परशुराम गायत्री पुरश्चरण यज्ञ पत्रिका २०४६
    चटौत वंशावली, डुङरि बोकटा डडेल्धुराबाट प्रकाशित 
    उनरा भौत्ति जसा आध्यात्मिक लेख रचना अप्रकाशित छन। 
    हमरि समाजरसाहित्य(संस्कृति प्रति उनरो हेराइ)


     मान्स सामाजिक प्राणी हो। यो सर्वमान्य रे सार्वभौमिक सत्य हो। डोटेली समाज अति उत्तम संस्कार, चोखो आचार-बिचार, परिष्कृत उत्तम सभ्यता भयि ठौर हो। यै ठौरकि भौगोलिक, ऐतिहासिक, साहित्यिक सम्बन्धकि विवेचना गरञ्जा(भौगोलिक कारणले भाषा, परम्परा, सास्कृतिक रितिरिवाज, समष्टिगत रहनसहन जसि कुरड़िन माइ भाइर बटि है हेरञ्जा थोडा फरक जसो लागि सकन्छ लै त गैलो गरि बिचार गरञ्ञा यै समाजको मुटु लै रे आत्मा लै एकै पाउनाउ। हमरो सुन्दर भूगोल छ। आफनोइ ठूलो बिरता बोकेको इतिहास छ। अत्यन्तै सुमनोहर रे सुसंस्कृतिले भरीनो साहित्य, संगित रे कला छ। हम विश्वकि अति पुरातन वैदिक संस्कृतिका धनि छौ। हमरा डोटेली समाजका विज्ञ, विद्वाननको ज्ञान रे युवानका जोस जाँगरका समन्वयात्मक प्रयत्न बटि है हमरा भूगोलको इतिहास , भाषा , साहित्य , कला(संगित, संस्कृति लै रे मौलिक बैदिक आचार बिचार भोलका दिनन माइ और उचाइमाइ पुजलो भण्ण्या मेरो दृढ बिश्वास छ।   यो खगराज चटौत जीको सामाजिक सास्कृतिक दृष्टिकोण हो। 


    उनरो जीवन प्रतिको हेराइ, अनुभव रे विचार
       उन जीवनलाइ कस्या बुज्जान भण्णा कि लेखाइ लेखनाथ पौड्याल का २ लाइन सम्जदान  खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छरु आफु मिटाइ अरूलाई दिनु जहाँ छ।  
    पुर्विय शास्त्रनको अध्ययन रे अफना जीवनका भौत ओरला उकला काटि सक्याका उन मानवीय जीवन प्रति कि अफनि धारणा इसि बतौनान
     मान्सकि जुनि विधाताकि अनुपम बहुरंगी सृष्टिको मुकुट मणि हो। देउताकि श्रेणिमाइ पुग्द्या यो मल्लो खुटकुड़ि हो। मानवीय सदगुण, सदविचार,सत्कर्म  बटि है जीउनोइ मान्स देउता होइ सकन्छ। अमानवीय होइबरे अभद्रता, दुर्गुण, कुविचारन रे दुष्कर्मन बटि है मान्सको पतन हुन्छ , ऊ जीउनोइ राक्षस हुन्छ, आँजी चौरासीका चक्करमाइ घुमन्छ। समय, शक्ति रे सम्पत्तिको सदुपयोग गद्द्या वालो देउता हो। यैको उल्टा जन्यावालो दैत्य हो। जगतकि सेवा, आफनि खोजि रे सपै प्राणिन सित प्रेम निको व्यबहार गर, यिसैमाइ सुखमय जीवन छ।  


    स्व धर्मदत्तरशान्तीदेवी चटौतका जेठा छोरा खगराज हुन । कान्छा भोजराजलै शिक्षण पेशा माइ थ्या भण्या उनरा चेला  जानकिरमण चटौत  डडेल्धुरा शिक्षक छन। अच्याल भीमदत्त नगर पालिका १० गज्जर गाउँमाइ बसोवास भयेका खगराज का २चेला व्यापारमाइ लागिरयान।  अफना जीवनका भौत ओरला उकला कट्याका चटौत जी अइल लै मानसिक रूपले उर्जावान छन।  समाजमाइ परिचित होइबर मान्सनको प्रेम पाइ राख्याउ यिसैलाइ सपै है ठूलो सम्मान रे पुरस्कार माणिबर सन्तुष्ट छौ भणि उन अफनि आत्मसन्तुष्टि बतौनान। इसेरि समाज प्रति गुनासो नपोखिबरे सकारात्मक होइ सक्दु लै एक ठूलो गुण हो। 
    सामग्री संकलन सहयोग(अनन्तराज भट्ट)




    प्रतिक्रिया दिनुहोस