सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सैनिक श्रीमती संघद्धारा व्युटिसियन तालिम सञ्चालन


पश्चिम प्रेस
आइतबार, फागुन १४ २०७९
  • 1.1K
    Shares

  • images
    images
    सैनिक श्रीमती संघद्धारा व्युटिसियन तालिम सञ्चालन

    महेन्द्रनगर  । नेपाली सेनाले भुपू सैनिकहरुको आश्रित र वहालवाला अधिकृत पदिक र अन्य दर्ताका सैनिकहरुको आश्रित परिवारलाई व्युटिसियन तालिम सञ्चालन गरेको छ ।सैनिक श्रीमती संघका सल्लाहकार निर्मला थापाले आईतबार एक कार्यक्रमका बिच केस श्रिगार लेवल–१ आधारभुत तालिम उद्घाटन गर्नुभएको छ । 

    सैनिक श्रीमती संघ नेपाली सेना व्यवसायिक तालिम केन्द्रद्धारा श्री नं. २५ बाहिनी अड्डा अन्र्तगत श्रीदल गुल्मद्धारा सञ्चालन भएको तालिममा २३ जना शिक्षार्थी सहभागी छन । 

    नेपाली सेनाले व्यक्तिगत रुपमा स्वाभम्वी बनाउने उद्देश्यले सञ्चालन गरेको तालिम ८० दिनसम्म सञ्चालन हुनेछ । तालिमको उद्घाटन समारोहमा सैनिक श्रीमती संघका प्रदेश सल्लाहकार थापासंगै श्री नं.२५ बाहिनि अड्डाका बाहिनिपति सहायक रथी पुरषोत्तम ढकाल लगायतका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस