काठमाडौं । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै क्रिकेटर लामिछाने आज यूएई जाने भएका छन् । विश्वकप लिग-२ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको र बिहीबार दोस्रो खेल खेल्नेछ ।
विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् तर सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेकाले विदेश जाने भएका छन् । वकिल सरोज कृष्ण घिमिरेले भने ‘सन्दीप आज युएई जाँदै छन् उनी जानुअघि उनलाई अदालतको आदेश र पालन गर्नुपर्ने केही सर्तहरूका बारेमा स्पष्ट पारेका छौँ।’
आईसीसीको आधिकारिक इमेल नआएपनि केही खेलाडीलाइ चोटलागेको र सोही खेलाडीका स्थानमा मैदानमा खेल्ने सम्भावना रहेको छ । क्यान स्रोतले भने, आईसीसीले सम्भवत अप्रुभ गर्छ होला तर गरेन भने हाम्रा केही खेलाडी पहिलानै इन्जर्ड थिए सायद उनीहरुकै स्थानमा रिप्लेस गर्ने सम्भावना रहेकोछ । कुन खेलाडीलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने छन्।
आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ। सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन्। क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरेको हो।
.gif)