बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

जन्मदीनको अवसरमा गायक धामीले गरे कलाकार कल्याणकारी कोष स्थापना


पश्चिम प्रेस
शुक्रबार, फागुन १९ २०७९
  • 1.2K
    Shares

  • images
    images
    जन्मदीनको अवसरमा गायक धामीले गरे कलाकार कल्याणकारी कोष स्थापना
    images
    images

    महेन्द्रनगर । चर्चित देउडा गायक लाल वहादुर धामी (अछामी बड्डो) ले आफ्नो जन्मदीनको अवसर पारेर कलाकार कल्याणकारी कोषको स्थापना गरेका छन । शुक्रबार महेन्द्रनगरमा एक कार्यक्रमका बीच गायक धामीले कोष स्थापना गरेको घोषणा गरेका हुन । “मैले सुदूरपश्चिम प्रदेशमा गर्ने सबै स्टेज कार्यक्रमबाट आएको रकमको ३ प्रतिशत कोषमा जम्मा गर्छु ।” उनले भने–“यो कोष कलाकारहरुलाई समस्या पर्दा सहयोगी बन्ने छ ।” सुरुवाती अवस्थामा  सानो रकमबाट कोष स्थापना गरेको बताउदै उनले भविष्यका लागि कलाकारहरुका लागि कोष लाभदायक बन्ने बताए ।  लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका धामी (अछामी बड्डो)ले चर्चित छन । उनले गाएका यो अछामी बड्डो,प्यारो अछाम जिल्ला,डोटीकी छोर्याटी,मास्टरकी छोरी,बड्डो आयो डिजेमा लगायतका थुप्रै गीत चर्चित छन ।


  • सम्बन्धित विषय:

  • # अछामी बड्डो
  • प्रतिक्रिया दिनुहोस
    images