शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्यालि संस्मरण - गयादिनका झल्का


शुक्रबार, माघ २१ २०७८
  • 874
    Shares

  • images
    images
    डोट्यालि संस्मरण - गयादिनका झल्का


     एकदिन सिर्खनका भुवुन्या दा झलपड्डा काँबठे ब हमरा घरथाइ पुग्या । सपैसित ढोकभिट आदलि कुसलि, चाहा पानि भइ, सन्ज्याबेला कानैनि धाको हाल्या जति सन्यापूजामा बस्या, आमाले भोज्याको छाँच हाल्यो सागलइ घोगाका रोटालइ पकाया ।  सपैले खानापिना खायो । हिउनै रात, टोट्या भतेलाइनि आगाका कोइला हालिबरे  सप्पै एकठौर बसिबरे आगो ताप्पु पस्या । उत्तेइ बियकि लेखा छुटेया घोगाका कोसालइ राख्या, भुवन्या दा तन कोसानमा कुटाले छेउ लाइदिन्या, हम सप्पै उदाड़्या ...।  


    भुवन्या दा कुरडि़का भौत सिपालु, उनले कुरडि़ लाइहाल्याबरे रातबेई पत्तोइ नपाइन्या, सुणिरन्या मन लाग्या, खुप हाँसो लुन्या बड़ा रहडि़ मान्स, गेदानसित गेदान जसा, बुड़ानसित बुड़ानजसा होइदिन्या । भुवुन्या दाले सुल्पामा तमाख भर्‍यो, अला भौल्या एइ सापि रुजाइल्यामुन  भणि एक मैलो कातो मेरा हात दियो, मुइ तो सापि भिजाइलिउँ रे उनरा हात दिया, भुवुन्या दाले भतेलाइनिहै रातो होइर्‍योको कोइलो निकाल्यो रे सुल्पामा राख्यो, पुइ सड़सड़ तमाख खानपस्या । धुँकासित उड़ेकि तमाखकि न्यारी बास सपैमा नाकुन भितरि गइ । भुवुन्या दाले कुरडि़ लाइहालि “आमा आज भौत दिनमा पुराना दिनुनकि याद आइ, इसेरि बसन्थ्या, आइना बातइ हालन्थ्या आब त सप सकियो” ।


    आमा बोल्लान “अला भुवन्या उसा दिन काँ रया भन्छै आब, घरभरि मान्स भया लइ निस्वासुइ होइरन्छ ला बा ¥यान रे, आज तुइ औनाले इस्या सपले एकठौर बस्सुपायो ।”


    आब दुनिया बद्यालिगइ आमा, उसादिन नाइरया, पैल्लिका मान्स भिट हन्ज्याँ मुण्डो निउँणाइबरे साइन अन्सारकि ढोक दिन्थ्या, आदलि कुसलि, गाइगोरस सोदन्थ्या, आजभोलका यिन त टाड़ाइ है ठाड़ो हात गरि ओहो.....! भण्णान जसो त ठुला काठाइनिहै लोट्यो हो भणेइजनि । आमा उनदिनकि सोराइ लागन्छि मुइ सिरन्थिउँ, इजा ब्यानलमुणि उठिबरे जातारा पिण्सन्थ्या, जातरो लइ “तोखिलइ मुखिलइ, तोखिलइ मुखिलइ” भणन्थ्यो, अच्यालकि यिन सुरुवाल लुनेइ आइन रे छाकालामुणि स्टुलमा बसिबरे जातारा पिस्सु पसिन  रे जातरोलइ “तोखिन मुखि, तोखिन मुखि” भणन्छ । 
    भुवन्या दाकि कुरडि़ सुणि सप्पै हाँस्सु पस्या । यिसेरी आदाराति सम्म कुरडि़कानि, हाँसो ठट्टा गरिबरे सपै सिया ।  

     




    प्रतिक्रिया दिनुहोस