शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा थप १२ जनामा कोरोना संक्रमण


पश्चिम प्रेस
बिहीबार , वैशाख १४ २०८०
  • 509
    Shares

  • images
    images
    कञ्चनपुरमा थप १२ जनामा कोरोना संक्रमण

    महेन्द्रनगर ।  कञ्चनपुरमा बुधबार एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिकामा ९ र गड्डाचौकी नाकामा ३ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार बुधबार १६५ जनाको परीक्षण गरिएको थियो । बेलौरीमा १६ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो भने गड्डाचौकीमा १४९ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । कञ्चनपुरमा केही दिनयता संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • प्रतिक्रिया दिनुहोस