बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

सुदूरपश्चिम विश्वविद्यालयमा तीन दिने फिल्म फेस्टिभल हुने


पश्चिम प्रेस
बिहीबार , वैशाख १४ २०८०
  • 204
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा तीन दिने फिल्म फेस्टिभल हुने
    images
    images

    महेन्द्रनगर ।  सुदूरपश्चिम विश्वविद्यालयमा तीन दिने फिल्म फेस्टिभल हुने भएको छ ।
     नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३ को १२ औं संस्करण अन्र्गतग पहिलो चराण्मा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । नेपाल युरोपियनका उप राजदुत डा.जोलीले फिल्म महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्महरु प्रदर्शन गरिने बताइन । “महोत्सवमा मानवअधिकार प्रवद्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल हुनेछ ।” डा.जोलीले भनिन–“यसको उदेश्य आम मानिसमा उनीहरको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।” उनले महोत्सवमा निःशुल्क सहभागी रुपमा जो सुकैले हेर्न पाउने बताइन । महोत्सवमा एनी डे नाउ ,अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्यान्ड, यूके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्डस)  प्रर्दशन हुनेछन । यस बाहेक नेपाली फिल्महरु पनि प्रदर्शन गरिनेछन । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस
    images