महेन्द्रनगर । सम्झना एकल महिला समुहमा आवद्ध ६ जना एकल महिलालाई बाख्रा वितरण गरिएको छ ।
सम्झना एकल महिला समुहको पहलमा मानव अधिकारको लागि एकल महिला समुह कञ्चनपुरको समन्वय तथा शुक्लाफाँटा नगरपालिका वडा नं. ४ को कार्यालयबाट एकल महिला बाख्रा पालन अनुदान कार्यक्रमकालागि बिनियोजन गरिएको ५० हजार रुपैयाबाट ६ जना एकल महिलालाई एक एक ओटा बाख्रा बितरण गरिएको हो ।
शुक्लाफाँटा नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्टले एकल महिलाको जिविकोपार्जन र आयआर्जनमा टेवा पुगोस भन्ने उद्धेश्यले स्थानिय सम्झना एकल महिला समुहको मागका आधारमा ६ जना एकल महिलालाई एकएक ओटा बाख्रा बितरण गरिएको बताए । अति बिपन्न एकल महिलाको आयआर्जन मा सघाउ पुगोस, र उनिहरु क्रमिक रुपमा जिविकोपार्जनकालागि बाख्रा पालनमा संलग्न होउन भनेर बाख्रा बितरण गरेको उनको भनाई छ । त्यसैगरी डब्लुएचआर कञ्चनपुरका अध्यक्ष जानकी जोशीले वडा कार्यालयबाट गरीएको बाख्रा सहयोगले एकल महिलाहरु उत्साहित भएको बताउदै आगामी दिनमा पनि सहयोगको निरन्तरता हुने बिश्वास ब्यक्त गरे ।
.gif)