बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक


सोमबार, वैशाख २५ २०८०
  • 94
    Shares

  • images
    images
    प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
    images
    images

    महेन्द्रनगर । बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन । प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि पछिल्लो समय टिकटकमा रमाउने बढी छन् ।

     मानिसका लागि मनोरञ्जन मात्रै नभइ टिकटक आजकल प्रतिभा प्रस्फुटन गर्ने माध्यम भएको छ । टिकटकमार्फत गीतमा अभिनय गर्ने कञ्चनपुर भीमदत्त नगरपालिका– १८ का नरेश जोशी अहिले म्युजिक भिडियोमा पनि अभिनय गर्न थालेका छन । सुरुवाती समयमा टिकटकमा अभिनय गरेका भिडियो सार्वजनिक गर्न थालेपछि उनको अभिनय मन पराउनेको सङ्ख्या धेरै भयो । टिकटकमार्फत नै चर्चामा आएका उनि पछिल्लो समय देउडा गीतमा अभिनय गर्न खोजिने पात्र बनृका छन । “टिकटकमा अभिनय गरेका भिडियो राख्थे पछि म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर पाए”, जोशीले भने,“अहिलेसम्म एकदर्जन बढी भिडियोमा  अभिनय गरिसकेको छु ।” विशेषगरी देउडा गीतमा अभिनयका लागि अफर आउने गरेको उनले बताए । लामो समय रोजगारीका लागि भारत बस्नुभएका उनि केही वर्षयता कञ्चनपुरमा अटो व्यवसाय सञ्चालन गरिराखेका छन । “परिवारको जोहो गर्न अटो चलाउछु अभिनय त कहिलेकाही मात्रै हो”, उनले भने, “अभिनयबाटै घरपरिवार चल्ने नदेखेपछि अटो व्यवसाय पनि गरिराखेको छु ।”

     कोरोना भाइरस महामारी फैलिएका वर्ष समय बिताउन मानिसलाई सजिलो माध्यम बन्यो टिकटक ।  त्यसयता नै नेपालमा पनि टिकटकको चर्चा एकाएक चुलियो । यसले कयौँ मानिसका प्रतिभालाई बजारमा परिचित गरायो । कयौँ मानिसलाई लोकप्रिय बनायो नाम पनि नसुनिएका ठाउँलाई एकाएक पर्यटन क्षेत्र बनायो । कक्षा १२ पास गरेर उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आउनु भएका बैतडीका प्रतिभा भट्ट पनि अहिले चर्चामा छन। बैतडी बस्दासम्म मोबाइलसमेत नभएका उनि अहिले देउडा गीत गाएका भिडियो टिकटकमा राखेर चर्चामा छन । “बैतडीबाट महेन्द्रनगर आए पनि एकदिन देउडा गीत गाएको भिडियो टिकटकमा राखे”, भट्टले भने “टिकटकमा फलोअर्स र भ्यूज धेरै आयो साथीहरुले पनि राम्रो छ अझ गाउनुपर्छ भने ।” उनले पछि स्वर राम्रो छ अझै गाउनुप¥यो भनेर अनुरोध आउन थालेपछि थप भिडियो टिकटकमा पोष्ट गर्न थालेको बताए ।

     त्यसैगरी  लक्ष्मण अधिकारी पनि टिकटक प्रतिभा प्रस्फुटन गर्ने प्रमुख माध्यम बनेको उताउँछन । “मैले टिकटकमा देउडा गीतको मात्रै भिडियो बनाउने गरेको छु”, उनले भने “सबैले देउडा गीत पनि हेरुन् सुनुन् हाम्रो भाषा संस्कृतिको पनि प्रचार होस् भन्ने उद्देश्य पनि हो ।” देउडा गीतमा अभिनयसँगै आफ्नै स्वरमा गीतसमेत बजारमा ल्याएको उनले बताए ।  अहिले उनका ‘दुवैको लाहुर्या’ लगायतका गीत चर्चामा छन् । 


  • सम्बन्धित विषय:

  • # टिकटक


  • प्रतिक्रिया दिनुहोस
    images