बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

लखनऊलाई हराउँदै सर्वाधिक ५ पटकको विजेता मुम्बई दोस्रो क्वालिफायरमा 


पश्चिम प्रेस
बिहीबार , जेठ ११ २०८०
  • 334
    Shares

  • images
    images
    लखनऊलाई हराउँदै सर्वाधिक ५ पटकको विजेता मुम्बई दोस्रो क्वालिफायरमा 
    images
    images

    एजेन्सी । लखनऊ सुपर जायन्ट्सलाई हराउँदै सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्स भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 

    बुधवार चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको इलिमिनेटर खेलमा लखनऊलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । 

    मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनऊले १६।३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनायो । लखनऊका लागि मार्कस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले समान १—१ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरन ग्रिनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । यस्तै, सूर्यकुमार यादवले ३३, तिलक बर्माले २६ तथा नेहल वाडेराले २३ रन बनाए । लखनऊका नवीन उल हकले ४ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् ।

    इलिमिनेटर खेलमा लखनऊलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । पराजित लखनऊ भने प्र्रतियोगिताबाट बाहिरिएको छ ।

    मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । 

     


  • सम्बन्धित विषय:

  • # आईपीएल
  • प्रतिक्रिया दिनुहोस
    images