मान्सनले अफना गौँ, ठौँ अन्सार हड्माञि लौन्या कपडा रे गरगहना उइठौरका लोक पैरन हन् । भौत जसा विद्वाननकी भणाईलाई ध्यान दिन्या हो भण्या समाज चलौनाकी मान्सले बनायाका आफु अन्सारा नीम, कानून, परम्परा, चालचलन, बोलीचाली, खानी पिनी रे भेष भुषा इन सबै लोक संस्कृति भितरि पड्डान । यइ नाःना लेखमाई सप्पै चिजनलाई छाडीबरे, पुराणमाई उल्लेख गरिएको मानसखण्ड भितरी पड्ड्या उइ बेलाकी डोटी राज्य भितरि बस्याका महिलानको लौन्या कपडानका बारेमाई लेख्ख्या जमर्को गरिरैछ । तनरा कपडा ९लत्ता, पइरन० का बारे माञि दुई शब्द लेख्खा है पइली महिलानका बारेमाइ नाःनु बत्तीको उज्यालो लौनौ ।
उइबेला बठेइ आजका मितिसम्म डोट्याली भाषामाई महिलानलाई भउत किसिमका पर्याय शब्दौनले सम्बोधन गरिन्या परम्परा कायमै छ । नानी चेलीनलाई सम्बन्ध रे नाता अन्सार चेली, गेदी, रौतेली, नान्दिनी, परघरी, परायाधन, परायामाल, भणिबरे बोलाइन्छ भण्या ठूली चेली ब्या नभएकी कन्यानलाई नान्दिनी, चेली, बान, कन्या जसा शब्दौनका साथ साथै अच्याल मैयाँ, मैयाँसाप भण्ण्या चलनलै भितरियो धेकिन्छ । तसाइ आफ्ना नाता सम्बन्ध अन्सार व्या गरेका महिलानलाई पुतारी ९पुत पौन्या हनाले वा रोपाइँका गणान पुतो हाल्या हुनाले पुतारी भणिन्या हो० स्वानी ९सुहाउनी०, घगरीया ९घागरो लौन्या हुनाले०, जोइ, आइमाइ भण्या गर्यो धेकिन्छ । तसोइ गरिबरे व्वारी, बौरानी, गेदी, ज्यू, इजा, ज्या, मःतारी, बैनी, दिदी, भप्पा, भौवा, आमा, बउज्यू, बउजी, काःखी, माइजू, ठूलिज्या, पुइँजू ९फूपु० जसा शब्द महिलान सितका नाता सम्बन्ध जनौन्या शब्द भितरि पड्डान । कसैलै ठौरकी चिनारी, उइ ठौरको भेष भुषा वा पैरन बठेइलै चिनिन्छ । उइ ठौरकी पछ्याण हुन्छे । उइ बेलाको डोटी राज्य, काली कुमाउँ बठेइ बुढीगङ्ङाका बीचका भू–भागमाञि बस्स्या याका नारी उइबेलाकी परिस्थिति ९आर्थिक० अन्सार व्या गर्याका नारीन् मल्ला हण आङणो ९आङिया० लौन्थ्या भण्या तल्ला हण घागरो लौन्थ्या । मेला, जाँत, व्या÷बर्यात, गोःरा चैतोल जसा याँका पर्वौनमा आङणो, घागरामा सजिएकी महिलानको पइरन डोट्याली संस्कृति झल्कौन्थ्यो । तो पइरन काँइ कथै, गाउँ ठाउँमा पुराना आइमाइनसित मात्तरै धेकिन्छ । फैसनका गद्दामाञि रे अफनी संस्कृति विसद्या हमरी बानीले आब हमरा गेदा मेदा ‘म्युजियममाञि’ हेरन्ना, हमरा पूर्खानको पइरन, कसैले राखि दिया बरे । तस्याइ तल्ला हण गादो लौन्या चलनलै थ्यो । मुन्डो टाकुलो नाइ राख्खा भण्न्या सयानानकी आजीलै अर्ती सुणिन्छे । एइ क्षेत्रका महिलानको मुन्डो सेता पिछौणानले सजिरन्थ्यो भण्या कमरमुनि पटुका बाँधिराखन्थ्या । व्या नगरेकी कन्या रे गेदा नन्दिना झकुलो झम्फर लौन्थ्या ।
समय अइतिर निग्यो, संस्कृतिलै हरानी गै, केई संस्कृति परिमार्जित हुन हुनि गइ, आधुनिकताका नाममाञि फैसनै सित एइ ठौरो पैरन हराइग्यो । जि जसो भ्यालै घागरा, आङणो, गादो, झकुलानलाई फैसनले भरियाका साडी, विलोज, कुर्ता, सुरुवाल, धोती, पेटिकोटका साथै पइन्टु, भेष्टु, कमेज, मिनिस्कट जसा कपडानले विस्थापित गरिसकेको अवस्था छ । उइ बेलाकि पैयल दियाकी चेली बेटीन इजु सम्झी बरे पइरनौनका बारेमाञि इसा गीत गौन्थीन ।
घागरीका पाटा इजुु आङको आङ्णो
सुइनामा बाटुली लौछे मुण्डाको पागडो
छुटिग्यो झकुलो इजु गादी हाल्या गादो
डर लागन्छे पराइघर खुस्या होकी सातो
मुण्डाको रिबन खुस्यो डोर लौनौ इजु
घागरामाई सियाएको मुइ कसरी बिर्सु
समय सँगसँगै अच्याल सयाना आइमाईनले इसा गीत गौन्या स्थिति छ :
डाणामाञि हिङलो लायो घरकट्या धोजले
आङणो घागरो खायो धोती विलोजले
हमरा गादा हमरा पैरन कै हण हराया
नयाँ फैसनकी साडी पन्जावी सुट आया
गेदा मेदालै अच्याल मुण्डामाई रिबन नाइ बाद्दा रब्बड लौनान कोइ कोइ त झाकरालै फुकाइ छाड्डान । समय सँग सँगै अइतिर हिट्टाइ अफनी पछ्याणलै विषद्दु निको हो कि गट्टो रु एक फेर सोच्चु जरुरी धेकिन्छ । एइ क्षेत्रका लोकसँस्कृति, लोकपैरनलाई सुरक्षित कस्या राख्ख्या रु समय सापेक्ष रे वैग्यानिक बनाइबर कस्या बचौन्या भण्न्या विषयमाइलै ध्यान दिनु जरुरी छ जसो लागन्छ । तइ कुरामाञि आधुनिकता रे उपभोक्तावादका सिकार युवा ज्वान पाइकौनले सोच्चु जरुडी धेकिन्छ ।
तस्बिर स्रोत : साहित्यकार जयानन्द परमहंस
.gif)