काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पुगेर जनगणना गर्ने तयारी गरेको छ । सरकारले सुरु गरेको राष्ट्रिय जनगणना कार्यक्रम मंसिर ९ गतेभित्रे घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
व्याँस गाउँपालिका–१ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभाग घरदैलोमै पुग्ने केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने बताए । यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ।
.gif)