आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दै


पश्चिम प्रेस
आइतबार, असोज २१ २०८०
  • 670
    Shares

  • images
    images
    विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दै

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । घरेलु टोली भारत र अष्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ । 

    विश्वकप क्रिकेटमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । १३ औँ संस्करणको विश्वकपमा न्युजिल्यान्ड, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेका छन्। 

    एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोलीकमा रुपमा रहेको अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ। भारत र वेस्ट इन्डिजले समान दुई-दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एकरएक पटक उपाधि जितेका छन् ।


  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट
  • प्रतिक्रिया दिनुहोस