महेन्द्रनगर । पोखरामा आजबाट सुरु भएको केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले राजु रिजालको कप्तानीमा अन्तिम १४ जना खेलाडीको सुची सार्वजनिक गरेको हो ।
टोलीको उपकप्तानमा नारायण जोशीलाई जिम्मेवारी दिइएको हो भने खडक बोहरा,वसन्त सिंह कार्की ,सुरज तिरुवा,आयुब चन्द,किरण कुमार ठगुन्ना,विकास आग्री,नरेन साउँद,वसन्त खत्री,कैलाश ऐर,गजेन्द्र बोहरा,अबिशेक पाल र भोजराज भट्ट टोलीमा रहेका छन् । ४ खेलाडी टोलीको वैकल्पिक सुचीमा रहेका छन् । वैकल्पिक खेलाडीहरूमा खगेन्द्र जोशी,सुशील रावल,भरत चन्द र वीरेन्द्र बम रहेका छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले मङ्सिर २ गतेदेखि धनगढीको फाप्ला खेल मैदानमा ८ ओटै जिल्लाका २६ खेलाडीहरू बोलाएर बन्द सत्र राखेको थियो । अन्तिम १८ को नामावली सार्वजनिक गर्दै आज अन्तिम १४ जनाको नाम सार्वजनिक गरेको हो ।
प्रतियोगिताको लागि सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले पूर्व खेलाडी सन्तोष भट्टलाई प्रशिक्षक एवं अनिल कुँवरलाई म्यानेजर बनाएको छ । सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह सी मा रहेको छ । समूह सी मै नेपाल पुलिस क्लब र मधेस प्रदेश रहेका छन् । मङ्सिर ११ गते सुदूरपश्चिमले पहिलो खेल मधेस प्रदेशसँग खेल्ने छ भने दोस्रो खेल मङ्सिर १२ मा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
.gif)