जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्नु क्यान्सर हुनु हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख छन्।
ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो।
यद्यपि, यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ। त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ। यदि त्यस्तो संकेत देखापरेमा सतर्क रहनुपर्छ। चिकित्सकीय परामर्श लिनु पर्छ।
.gif)