शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा भारतबाट भित्रिए पाँच कोरोना संक्रमित


पश्चिम प्रेस
सोमबार, पुस ९ २०८०
  • 733
    Shares

  • images
    images
    सुदूरपश्चिममा भारतबाट भित्रिए पाँच कोरोना संक्रमित

    महेन्द्रनगर । भारतबाट फर्किनेहरुमा फेरी कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । महामारीको रुपमा कोरोना देखा परेको लामो समयपछि फेरि केहिमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।

    पछिल्लो एक साताभित्र कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार हिजो (आइतबार) गौरीफन्टा नाका भएर भारतबाट फर्किएका दुई जनामा कोरोना पुष्टि भएको छ ।

    आइतवार ९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • प्रतिक्रिया दिनुहोस