देशभर चिसो बढेसँगै अस्पतालहरुमा नाक, कान, घाँटीको समस्या लिएर आउने बिरामीको संख्या बढिरहेको छ। विशेषगरी रुघाखोकी लाग्ने र कान दुख्ने समस्याहरु प्राय: जाडो मौसममा हुने गर्छ।
जाडो मौसममा घाँटीमा भाइरल संक्रमण, घाँटी सुख्खा हुने, खोकी लाग्ने जस्ता समस्या बढी हुन्छ। चिसो हावाले घाँटी सुख्खा बनाउँछ र असजिलो गराउँछ। जब मान्छेले नाक बन्द भएर मुखबाट श्वास फेर्छ, त्यतिबेला समस्या बढ्छ र एलर्जी भई खोकी लाग्ने हुन्छ।
चिसो मौसममा नाक भित्रका भाग सुख्खा हुने हुँदा रगत बग्ने सम्भावना बढी हुन्छ।
सुख्खा हावालाई नाकभित्र ओसिलो गराउने क्रममा नाक भित्रका ग्रन्थीहरुले म्युकस उत्पादन गर्छन्। जसका कारण सिंगान बढी आउने, नाक बन्द हुने समस्या बढी हुन्छ।
जाडो मौसममा कान दुख्ने, पाक्ने जस्ता समस्या बढी हुन्छ। नाक, घाँटीका संक्रमण भित्री नलीमार्फत फैलिएर कानको भित्री भागमा पुग्छन् र संक्रमण भई दुख्ने समस्या हुन्छ।
.gif)