महेन्द्रनगर । नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसे गरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला १० रुपैयाँ घटेको चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँ बढेको हो । बुधवार प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)