मलद्वारमा लाग्ने रोगहरुमध्ये पाइल्स (अलकाई, हर्षारोग, बवासीर) धेरैलाई हुने समस्या हो । यस रोगमा मलाशय र मलद्वारका रक्तनलीहरु सुन्निने वा फुल्ने, छेउछाउका टिस्युहरु तन्किने, झोल्लिने, रक्तनलीहरु बढेर मासु वृद्धि भएझैँ मसिना मांसपेशीको झुप्पा बन्ने हुन्छ । कतिपयलाई रगतको मसिना नली फुटेर रगत बग्ने समस्या पनि हुन्छ । यसबाट मलद्वारमा अनेक थरीका लक्षणहरु उत्पन्न हुन सक्छन् ।
पाइल्समा दिसा गर्न, हिँडडुल गर्न र बस्नसमेत कठिनाइ हुने जटिलता हुन्छ । यसबाट कब्जियत झन् बढ्छ । पाइल्सका कारणले नै कतिपय व्यक्तिलाई आप्mनो काम गर्न निकै बाधा हुन्छ । बढी रक्तस्राव हुने खालको पाइल्सका कारण कमजोर बिरामीमा रक्ताल्पता हुने पनि हुन्छ । अरु रोगको लक्षणका रुपमा पनि पाइल्स निस्केको हो भने सोही रोगअनुसारका समस्याहरु आउँछन् ।
.gif)