महेन्द्रनगर । ब्रिष्टन कलेजमा अध्ययनरत विद्यार्थी ममता क्षेत्री २०७४ सालमा माध्यमीक शिक्षा अध्ययनको क्रमममा शैक्षिक अवलोकनका लागि भारतको लखनउ पुगिन ।
त्यो बेला उनले लखनउमा देखेको कलाकारिताबाट प्रभावित भएर नेपाल फर्केपछि आर्ट बनाउन थालिन । सुरुवातमा उनले अध्ययन गरिरहेको विद्यालय सनराईजमा आफ्नो कला देखाउन थालिन । त्यो बेला सनराईजले आयोजना गरेको एउटा कार्यक्रममा उनले देखाएको कलाले सबैलाई लोभ्यायो । त्यसपछि हौसला पाएपछि उनले आफ्नो कलालाई आफुमा मात्रै सिमित राखिनन संगैका साथीहरुलाई पनि आर्ट बनाउन प्रेरित गरिन । त्यसपछि उच्च शिक्षाका लागि ब्रिष्टन कलेज रोजेपछि कलजेले हरेक वर्ष आयोजना गर्ने रोजगार मेला उनका लागि ठुलो अवसर बन्यो । “सुरुवातमा मैले नेपालको झन्डा बनाए वाफत रु २० रुपयाँ लिएको थिए ।” ममताले भनिन–“त्यो बेला करिब पाँच हजार सम्म आम्दानी भएको थियो ।” गत वर्ष ब्रिष्टनले आयोजना गरेको रोजगार मेलामा उनले १० हजार आम्दानी भएको बताए । अहिले पनि रोजगार मेलामा ममताको टीम आकर्षणको केन्द्र बन्यो ।

ममता संगै, स्नेहा लेखक र दिप्ती पाण्डेय तीन जना मिलेर मेला आउने सबै आगन्तुकको अनुहार र हातमा चन्द्र सुर्य अंकित नेपाली झन्डा चम्काएर आफ्नो कला प्रदर्शन गरिरहेका थिए । मेला अवलोकन गर्न आउने हरेकलाई उनीहरुको कलाकारिताले लोभ्याएको देखिन्थयो । अधिकांश अवलोकनकर्ताको अनुहारमा उनीहरुले बनाएको चन्द्र सुर्य अंकित नेपालको झण्डा चम्किरहेको थियो ।
आफुसंग सीप र क्षमता भए थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन उनी । “दुई÷तीन सय मात्रै लगानी गरेरका छौ यसमा धेरै लगानी छैन ।” ममताले भनिन–“गत वर्ष १० हजार जति कमाई भयो यो वर्ष पनि त्यति नै होला भन्ने आशा राखेका छौ ।” स्टल सञ्चालनका लागि कलेजबाट आर्थिक सहयोग भएको उनले बताए । गत वर्षको आम्दानीले सरकारी विद्यालयमा स्वानिटरी प्याडका लागि सहयोग गरेका उनले बताए । थोरै लगानीमा पनि राम्रो आम्दानी र उत्कृष्ट व्यवस्थापन गर्न रोजगार मेलाले सिकाएको उनीहरुको भनाई छ ।
.gif)