महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टीम एपीएफ र गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।
शुक्रबार महेन्द्रनगरमा भएको पहिलो सेमीफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजीत गर्दै फाइनलमा स्थान बनाएको हो भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजीत गर्दै विभागिय टोली एपीएफ फाइनल प्रवेश गरेको हो । फाइनल खेल समापनसंगै शनिवार दिउँसो हुनेछ । शनिवारको पहिलो खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि फाइनल खेल हुनेछ ।
.gif)