महेन्द्रनगर । महाकाली अस्पतालमा यन्त्रउपकरण र भौतीक संरचनामा उलेख्य प्रगति भएपनि जनशक्ति अभाव कायमै छ ।
अस्पतालले दरबन्दी अनुसारमा चिकित्सक नपाउँदा यहाँको स्वास्थ्य सेवा प्रवाह प्रभावित हुदै आएको छ । पछिल्लो केही वर्षयता महाकाली अस्पतालले यन्त्रउपकरण खरिद र भौतीक संरचनाहरु पर्याप्त मात्रामा निमार्णमा गरेपनि जनशक्ती अभावकै कारण महाकाली अस्पताल रिफर सेन्टरका रुपमा चिनिने गरेको हो ।
अस्पतालले खरिद गरेका थुप्रै उपकरण समेत जनशक्ती नहुदा अस्पतालमै थन्किएका छन । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टले अस्पतालमा ६१ जना स्थायी चिकित्सकको दरबन्दी रहेको बताए । अस्पतालमा विज्ञ ४७ जना चिकित्सकको दरबन्दी रिक्त छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान संगै आईसीयुको व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था लगायतका विविध क्षेत्रमा सुधार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टले बताए । पछिल्लो समय अस्पतालमा जनशक्तिसंगै यन्त्र उपकरणको व्यवस्थापन गरीन थालेपछि रेफर सेन्टरका रुपमा मात्रै नरहेको उनको भनाइ छ ।
कोरोनाको तेस्रो लहरका बेला महाकाली प्रादेशिक अस्पतालमा संक्रमितहरु उपचारका लागि बढि नै आएका भएपनि मानवीय क्षति भने निकै कम भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले फार्मेसीमा केन्द्रबाट औषधी समयमै नपुग्दा केही समस्या हुने गरेको जनाएको छ ।अस्पतालमा नाक, कान, घाटी विशेषज्ञ चिकित्सक भएपनि पर्याप्त यन्त्र उपकरणको अभावमा सेवा प्रभावकारी हुन नसकेको अस्पतालले जनाएको छ ।अस्पतालले छिट्टै डायलासिस सेवा सुचारु गर्ने तयारीमा जुटेको छ । डायलासिस सेवा सुचारु भएसंगै प्रतिदिन ५ जनालाई सेवा दिन सकिने महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।
.gif)