सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

त्रिवि मैदानमा क्रिकेट क्रेज (तस्बिरहरू)


पश्चिम प्रेस
शनिबार, फागुन १९ २०८०
  • 685
    Shares

  • images
    images
    त्रिवि मैदानमा क्रिकेट क्रेज (तस्बिरहरू)
    काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि  एक सय २१ रनको लक्ष्य दिएको छ ।
     
    कीर्तिपुरस्थित टियु अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले  १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको हो ।
     
    430977828_818769586946090_5844288677967215073_n.jpg
     
     
    नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी,  टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
     
    नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । 
    429815564_818769443612771_1117634036166830432_n.jpg
     
    प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपालाई  आजको खेल जित्नुपर्ने हुन्छ । 
     
    नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।
    431004309_818769556946093_6069731018487159996_n.jpg
    428598498_818785676944481_8091821843038591941_n.jpg
    430984095_818764840279898_7989845457155568439_n.jpg
     
    तस्बिर स्रोत : क्यान 


  • सम्बन्धित विषय:

  • # क्रिकेट क्रेज
  • प्रतिक्रिया दिनुहोस