शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भिमसिंह धामीको अनमोल गजल संग्रह विमोचन


बिहीबार , चैत १ २०८०
  • 827
    Shares

  • images
    images
    भिमसिंह धामीको अनमोल गजल संग्रह विमोचन

    बैतडी / साहित्य सर्जक भिमसिंह धामीको नयाँ कृति अनमोल गजल संग्रह विमोचन गरिएको छ । बैतडीको सिगास गाउँपालिकामा जन्मेर हाल प्राध्यापनको शिलशिलामा मेलौली बहुमुखी क्याम्पस बैतडीमा कार्यरत प्राध्यापक धामीको यो पहिलो गजल सङ्ग्रह हो । यस सङ्ग्रह भित्र ५३ वटा गजलहरु सङ्ग्रहित छन् ।  सङ्ग्रहभित्र जीवन, संघर्ष, समाज , न्याय , समानता, मानव मार्यादा र माया प्रेमको भाव बोकेका रचनाहरु छन् ।
    क्याम्पस प्रमुख भगिरथ सिंह नेगीका अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कर्ण दयाल सोराडी थिए । कृति माथिको समीक्षा प्राध्यापक भवानी सिंह नायकले गर्नु भएको थियो । प्राध्यापक गगनराज पाण्डेले बधार्इ मन्तव्य राख्नु भएको थियो । क्याम्पस प्राङगणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य दशरथ नायकले राख्नु भएको थियो भने कार्यक्रम संचालन स्ववियू सभापति नवराज भट्टले गर्नु भएको थियो ।
    सोही कार्यक्रमको अवसर पारेर यस सत्रमा क्याम्पस भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत पनि गरिएको थियो । 




    प्रतिक्रिया दिनुहोस