बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

युवाकवि कविराज भट्टको एकल साँझ कञ्चनपुरमा सम्पन्न


पश्चिम प्रेस
आइतबार, असोज १३ २०८१
  • 552
    Shares

  • images
    images
    युवाकवि कविराज भट्टको एकल साँझ कञ्चनपुरमा सम्पन्न

    महेन्द्रनगर । युवाकवि कविराज भट्टको एकल साँझ कञ्चनपुरमा सम्पन्न भएको छ । मानसखण्ड फाण्डेसनले आयोजना गरेको उक्त एकलसाँझको अध्यक्षता फाउण्डेसनका अध्यक्ष वरिष्ट साहित्यकार नारा जोशीले गर्नुभएको थियो ।

    फाउण्डेसनले दुई हप्ता अघि सूचना जारी गरी एकल साँझमा सहभागी हुन टिकेटको व्यवस्था गरिएको थियो । होटल ओपेरामा सम्पन्न एकलसाँझमा युवाकवि कविराज भट्टले केही कविता र गजल प्रस्तुत गरेका थिए भने श्रुति सङ्गीत पाठशालाका सङ्गीत गुरु नरेश जोशीले उनका जगलहरुको गायन गरेका थिए । होटल ओपेराको सभाकक्षमा साँझ पाँच बजेबाट सुरु भएको उक्त साङ्गीतिक साँझमा कैलाली कञ्चनपुर लगायतका जिल्लाहरुबाट टिकेट काटेर दर्शक स्रोताहरु सहभागी भएका थिए । कार्यक्रममा अमिटी कलेज, लिटिल स्टार पब्लिक मा.वि., ब्रिक्स्टन कलेज, सिएमजी क्लब, गंगोत्री गोल्ड, तेजल प्रिन्टिङ, निङ्लाशैनी कम्प्युटर लगायतका संघसंस्था तथा साहित्य प्रेमी व्यत्तिःहरुले सहयोग गरेका थिए । मानसखण्ड फाउण्डेसनले एकल साँझका अवसरमा संस्थाको वार्षिक मुखपत्रका रुपमा मानस मुखपत्र कविराज विशेषांकका रुपमा प्रकाशन गरि विमोचन गरेको छ । उक्त मुखपत्रमा कविराज भट्टको जीवनी लगायत पाँचदर्जन बढी साहित्यकार तथा साहित्यप्रेमीहरुले शुभकामना तथा कविराज भट्टप्रति विचार व्यक्त गरेका छन् । मानसखण्ड फाउण्डेसनले १२ वर्ष अघि हेमबाबु लेखकको एकलसाँझबाट पहिलो चोटी एकलसाँझको सुरुवात गरेको थियो ।

    दोस्रो साँझका रुपमा कविराज भट्टको एकलसाँझ सम्पन्न गरेको छ ।  एकलसाँझको संयोजन  संस्थाका कोषाध्यक्ष महादेव अवस्थीले गरेका थिए भने सञ्चालन संस्थाका सचिव हेमबाबु लेखकले गरेका थिए । एकलसाँझकै अवसरमा युवाकवि कविराज भट्टलाई दोसल्ला र प्रमाणपञबाट अभिनन्दन गरेको थियो । करिब ३ घण्टाजति चलेको उक्त एकलसाँझमा १५० बढी मानिसहरुको उपस्थिति रहेको थियो । 


  • सम्बन्धित विषय:

  • # एकल साँझ
  • प्रतिक्रिया दिनुहोस