बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ लोकार्पण


पश्चिम प्रेस
बिहीबार , माघ २४ २०८१
  • 659
    Shares

  • images
    images
    क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ लोकार्पण

    महेन्द्रनगर । सुदूरपश्चिमका क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’ उपन्यास लोकार्पण गरिएको छ । आज (बिहीबार) महेन्द्रनगर स्थित उहाँलेनै सञ्चालन गरेको म्युजियममा एक कार्यक्रमका बिच १६४ पुष्टको ‘पायलट प्रेम’ उपन्यासको लोकार्पण गरिएको हो ।

    पाइलट बन्नका लागी हौसला र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले क्याप्टेन उप्रेतीले यस पटक पायलट प्रेम उपन्यासको रचना गरेका हुन् । सत्य कथामा आधारित ‘पायलट प्रेम’ उपन्यासले जीवनमा गर्नुपर्ने सङ्घर्ष र शिखर चुम्न मानिसले सधैँ प्रयत्नरत रहनुपर्ने सन्देश दिएको छ । यस उपन्यासको केही दिनमै काठमाडौँमा पनि विमोचन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त, क्याप्टेन उप्रेतीका माता सरस्वती उप्रेतीसहितले उपन्यासको लोकार्पण गरेका थिए ।

    सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले विलक्षण प्रतिभाका धनी उप्रेतीले यस पटक बजारमा ल्याएको उपन्यासको प्रशंसा व्यक्त गरे ।

    कोरोना महामारीका बेला ईण्डोनेसियामा रचेर पाइलटको जीवनमा आधारित पुस्तक निकालेको क्याप्टेन उप्रेतीले बताए । यस अघि क्याप्टेन उप्रेतीले भू–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ लगायत दर्जनौँ पुस्तकहरू लेखका छन् ।  उप्रेतीले तीन दशक भन्दा बढी पाइलट पेसामा समय बिताइसकेका छन् । उहाँ विगत ४ वर्ष यता भारतको एलिएन्स एयरमा उडान भरिरहेका छन् ।


  • सम्बन्धित विषय:

  • # पायलट प्रेम
  • प्रतिक्रिया दिनुहोस