महेन्द्रनगर । शिक्षाविद् डा. टेकराज पन्तले रचना गरेका पाँच काव्य-कृतिहरुको बिमोचन गरिएको छ । आज (बिहिवार ) महेन्द्रनगर स्थित होटल चेतनमा आयोजित एक कार्यक्रमका बिच साहित्यकार पन्तका विभिन्न ५ कृतीहरुको बिमोचन गरिएको हो ।
कार्यक्रमका सभा अध्यक्ष साहित्यकार, व्याकरणाचार्य भवानी दत्त चटौत तथा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.हेमराज पन्तले पुस्तकहरुको विमोचन गरेका थिए ।
शिक्षाविद् डा. टेकराज पन्तले यसै वर्ष मुटुमा अल्झेको छेस्को ( गद्यपद्य कविता-सङ्ग्रह), विभावरी, ओलानु ( डोट्याली कविता-सङ्ग्रह) , चिलमन( हिन्दी गजल-सङ्ग्रह), र नवान्कुर ( निबन्ध-सङ्ग्रह) रचना गरेका छन् ।
बिहिवार उनका पाँचओटै सङ्ग्रहहरुको विमोचन गरिएको हो ।
भिमदत्त नगरपालिका -१८ कटान घर भएका पन्त आधा दसक देखी साहित्य क्षेत्रमा कलम चलाउदै आएका छन् ।
समाज र जिवनमा भोगेका कुराहरु उनले पुस्तकमा समेट्ने प्रयास गरिएको बताएका छन् ।
गत वर्षदेखि डोटेली भाषामा पनि कृतिहरु लेख्न सुरु गरेका उनले अहिलेका पिढीमा पठनसिपकको विकास नभएको भन्दै चिन्ता व्यक्त गरे ।
साहित्यकार डा.पन्तका हालसम्म दुई दर्जन कृतिहरु प्रकाशन गरिएका छन् ।
.gif)