काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) का विद्यार्थीहरूको थिएटर ग्रुपले पहिलो पटक थिएटर फेस्ट आयोजना गर्ने भएको छ । कलालाई प्रवर्धन गर्ने अवधारणा लिएर अघि बढेको उक्त ग्रुपले मार्च २२ (भोली)बाट फेस्ट आयोजना गर्ने भएको हो ।
२ वर्ष अघि परिकल्पना गरेको थिएटर ग्रुपले फेस्ट आयोजना गर्न लागेको केयू थिएटर ग्रुपका अध्यक्ष तथा कायृक्रम सञ्चालक आयुष मल्लले बताए । उनले भने, ‘हामीले करिब २ वर्ष अगाडी केयू थिएटर ग्रुपको आयोजना गरेका हौँ, केयूमा थिएटर सम्बन्धी कुनै समूह नभएकोले हामीले यो ग्रुप बनायौँ ।’ एउटा कन्फेसनबाट सुरु भएको ग्रुपमा अहिले ५० बढी सक्रिय सदस्य जोडिएर रहेका उनले बताए ।
केयू थिएटर ग्रुपले काठमाडौँ विश्वविद्यालयमा अहिलेसम्म १० ओटा नाटक प्रदर्शन गरिसकेको छ भने २ ओटा कविता साँझ आयोजना गरिसकेको छ ।
थिएटर ग्रुपले केयूको इतिहासमै पहिलो पटक थिएटर फेस्ट आयोजना गर्न लागेको अध्यक्ष मल्लले बताएका छन् । उनले भने, ‘सम्भवतः हामीले केयूको इतिहासमै पहिलो पटक थिइटर फेस्ट आयोजना गर्न लागेको छ । यसले हाम्रो पुरै टिममा थप ऊर्जा थपेको छ ।’
शुक्रवार ११ बजेदेखि धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको सि.भी रमन हलमा आयोजना हुने फेस्टमा नेपाली कला तथा चलचित्र निर्माण क्षेत्रमा विशेष अनुभव भएका व्यक्तित्वको सहभागिता रहनेछ जसमा नेपाल फिल्म क्याम्पसका प्रमुख, नेपाल म्युजिक सेन्टरका प्रिन्सिपल तथा हिसानका सदस्य सचिव शिशिर उप्रेती, मण्डला थिएटरका सदस्य प्रदीप कुमार चौधरी, कठपुतलीका असिस्टेन्ट डाइरेक्टर राजन भुसाल र नेपाल फिल्म तथा टेलिभिजन इन्डस्ट्रीका थम्मन कुमार भण्डारीको उपस्थिति रहनेछ ।
.gif)