महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा –२ स्थीत जडेपानीमा महाशिवरात्रीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नेपाली सेना र २ नम्बर वडा कार्यालयको सयुक्त आयोजनामा भोली (सोमबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ । शिविरमा स्त्री रोग,आखा सम्बन्धी समस्या र जनरल फिजिसियन लगायतका सेवा प्रदान गरिने जनाइएको छ । वडा २ का अध्यक्ष नरेश सिंहले सोमबार बिहान ९ बजेदेखी वैजनाथ मा.वि जडेपानीमा शिविर सञ्चालन हुने बताए ।
.gif)