बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

चैतलाको लोक परम्परा


सोमबार, चैत २६ २०८०
  • 1.4K
    Shares

  • images
    images
    चैतलाको लोक परम्परा

    चैतलो वा चैतालोले चैत महिनामाइ दिदी बैनिनलाइ माइतबटि है दिइन्या विशेष कोसेलीलाई सङ्केत गरन्छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला दार्चुला, बैतडीमाइ बसोबास गद्द्या रे ताबटि है ओर ठौर बसाइसराई गरी गयाका समुदाय तथा भारतको कुमाउँ गडवालमाइ समेत चैतका महिनाभरि चैतलो भेटौलो पर्वका रूपमाञि मनाउन्या चलन छ। खास गरिबरे भाइबैनीको प्रेम लै रे सद्भावका पर्वका रुपमाइ रहेको चैतलो भेटौलो पर्वमा विवाह भइसकेकी चेलीबेटी रे दिदीबैनिनलाई (माइती) इजाबुवा रे दाजुभाइनले कोशेली लैजाइ भिट्ट जन्या परम्परा  छ। घरमाइ इजाबुवा तथा दाइभाइ नभया माइती पक्षका नजिकका नातेदारनले समेत भिट्ट्या परम्परा रयेको छ। चैतालो संस्कृतिले भाइबैनीका प्रेम उजागर गरन्छ। यै प्राचीन परम्पराले भाइ बैनाको अटुट प्यारलाई अइलसम्म जीवन्त राखिराखि छ। 

    भिटौलाको शाब्दिक अर्थ भिट्टु लै हो ,भिटघाटको कोसेलो लै हो । येइ पर्वका माध्यमले भाइ–बैनानको मिलन हुन्छ। विवाहित दिदी तथा बैनीलाई भाइ / दाई/माइतिनले  उनराइ घरमाइ जाइवर भेटघाट गद्दा परम्परा छ। सञ्चारका साधन नभयाका बेला ब्या गर्या पछा  टाढा रयाः दिदी रे बैनीलाई भाइले वर्ष दिनमी भेट्टु पड्डे परम्पराले सुख दुःख आदान प्रदान गरन्छ।एक आपसी सम्बन्ध बलियो बनाउछ, सम्बन्ध नविकरण हुन्छ, सम्बन्ध रिचार्ज हुन्छ। 


    माइतबाट है  आएको चैतकि कोशेली प्रेमपूर्वक अडौस पडौसिन्लाइ लै  बाँडिछ। विवाहित महिला चैतका मैना भिटौलामा दाइभाइ कब औन्ना भणि बाटो तकि रया हुनान । भाइ भेट्न औन्जाकि  खुसीको सीमा नाइ हुनो ।अफनो लै कोइ छ भण्या महसुस हुन्या प्रचलनमाइ भिटौला औन्या कोइ नभया कति दुःख लाग्दो हो ?चेलि बैनि माइती भिट्ट औन्या आसरो (प्रतिक्षा) कि घडि भौतै लामि लागन्छे  । पररम्परागत चैतालोमाइ दिइने व्यञ्जन घिउपाको वा तेलपाको सेल, रोटी, खीर, मालपुवा, हलुवा, भुटेको धुलो (सातु) गुड, मिश्री, फलफूल रे माइतीका छ्यमता अन्सार लत्ताकपडा   गर्गहना  लै दिइन्थ्यो। 

    अच्याल समय बदेलि गयो ,बजारका फलफूल, मिठाई, कपडा दिन्या चलन  छ। भिटौलामाइ दिइन्या सरसमान लै समय रे परिस्थिति अन्सार   दिइनान । 

    सहर बजार है टड़ा रया गाउँनमाञि आँजि लै पुरानि  परम्परा चलीरैछ। 

    भिटौलासम्बन्धी प्रचलित एक लोककथा अनुसार एक भाइ दिदीलाई भिट गद्द  दिन चैतकि मसान्तका दिन गया रैछ। बैनीको घर भौत टाढा रे ब्याल्क घर नआई नहुन्या भया हुनाले प्र‍भातका रात्तनि गै छ। भौउत दिनबटि है बैनी भाइको बाटो तकि रैथिन्। चैत मसान्तो दिन भयाहुनाले  भाइ पक्का आउन्या आसरामाइ बैनी रात अबेरसम्म पख्दा पख्दाइ सि गैन । भाइ आयो, घर  एकलि दिनभरिका कामले थगिकि बैनी सिईकि धेकिबर बैनीलाई क्याइ ब्युझाउँन्या भणि भिटौलो छाडि भाइ  हिटिगैछ। भोल्का दिन छन्चरबार भया हुनाले भाइले तसै दिन घर पुज्जु पड्ड्या  थ्यो। लोक विश्वास अन्सार - " शनिश्चरकी छाड् , मङ्गलकी भीट " निको नहुन्या मान्यता अइल लै छ।  बैनीले ब्युज्यापछा आफना उत्तेइ  भाइले लेएको भिटौलो पाइन्। " मुइ सिया, भाइ छुट्यो " भणि निरास होइ ,   आफुलाई अभाग्गि सम्झि बैनीले प्राण त्याग गरि दियो  पछा तोइ बैनि घुघुती चड़ाका रूपमाञि जन्म्या कि कहानी प्रचलित छ।

    तबै त  चैतका मैना कुङ्यो (ढुकुर) बासन्ज्या विवाहित महिला माइतीका सम्झनामी  विरहपूर्ण लोकगीत गौनान  ‘घुर घुर नबास घुघुती चैतमा, मुइ याद आउँछे"

    चैतका मैना " गोरिधना सादेउ बला " को चैत गाउन्या  परम्परा लै छ  । यैलाइ लै चैतलो भण्णान । यो एक ऐतिहासिक  लोकगाथा हो। कारुणिकताले भरिया यो कथानक  कुमाउँ, बैतडी, दार्चुला माइ झिक प्रचलित। यो हुडकेलि / भारत/भार्ता हो । खास गरिबरे दमाइ थरिले एकल प्रस्तुति (monoplay) का रूपमाञि प्रदर्शन गद्द्या यो पारम्परिक उत्कृष्टकोटिको नाटक लै हो जैमाइ पार्श्व गायनको काम हुडक्याका सहयोगीनले गद्दान। मनोरञ्जनकि लेखाइ, बिच बिचमाइ और गिदनका छेउटा लै गाइनान्। 

    जि भयालै भाइ बैनीको नाताकि कुरड़ि गरञ्जा मनमा अपनत्व, आत्मीयता , खुसी एवं प्यार आउँछ । यो नाता प्रेम र स्नेहले भरिएको हुन्छ । ननाछञ्जाकि स्मृतिलाइ  निरन्तरता दिनाकि लै यै पर्वको विशेष महत्व छ  ।भाइवैनानको सम्वन्ध रिचार्ज गद्द्या यो सुदूरपश्चिम लै रे कुमाउँको मौलिक परम्परा हो ।राखि भारतको समुदाय विशेषको पर्व हो जैको सिको अच्याल हुन पसि रै छ। तस्याइ भाइटीका एक ठूला क्षेत्रमाइ फैलिया पर्व हो ,तैकि लै परम्परागत स्थानीय मान्यता लोप होइबरे तडक भड्क तिर जान्नाछ।  खासगरी बरे पहाडी जीवनशैलीमाइ आधारित यै पर्वको लोक साहित्यिक महत्वलै छ। रितुरानो, वसन्तगायन, सादेउबला गोरिधनाको चैत लोक साहित्यिक सम्बन्ध छ। यैको सम्बन्ध लोककला सितलै छ। चैतलो गाथागानकि परम्परा लोप हुन पसि रैछ। 

    लोक गाथा अन्सार

    सादेउबालाले अफनि दिदीबैनि खोजन्छ। उइ कि इजाले बतायो नाइ हुनो। बिन दिदीबैनिको मुइ निरौ भयौ भणि जिद्द गरि उ कालिनागका घर दिदी भिट्ट जान्छ। दिदी गोरिधनाकि नन्द " भगा "ले संङ्का गरेका कारन सालाभिना कालिनाग सादेउबला दुयैकि लड़ै हुन्छे। दुयै मद्दान । दुखारि गोरिधनाले लै थाइ नसकि बरे---


    " इचलि कानलिका फूलि जन्ना तीता, 
    निको गरेइ भगानन्द दुयै घर रिता "  भणि दात्जिबि खाइ गौरिधना लै मरि ।यो चैतलो भौतै कारुणिक हुनाका सङ्ङै भाइबैनिको सम्बन्ध मात्तरै नाइ धेकाउनो शंकाले लङ्का जलाउछ भण्याकि जनि नैतिक शिक्षा लै दिन्छ। 

    चैतलो भेटौलो: चेलीबेटी र दिदीबैनिन माइती  भेट्ट आउन्या सम्झना इस्या गित बटि है गद्दान----
    लागीग्यो चैतको मैना न्याउली बासली।
    सपैका भेटन आउन्ना म सोराई लागली।।
    क्याइ बासन्छै न्याउली चणि चैतका छकला।
    सम्झनाले मुटु फुटि मन हुन्छ पगला ।। 

    वसन्त ऋतुमाई मनाइने भिटौला पर्वको महत्व ऋतुरानु, चैतलो  हुड्केलिले गाउँ  वस्तीनमाई सञ्चार सम्प्रेषण गरिछ। परम्परागत रुपमाई दमाई जातिले ऋतु रानु चैतलो गाउन्या परम्परा छ ,जो इस्या गाइछ----
    सुरूमाइ देवी देउता ज्वारिछ, जै का घर गाइछ उइको बर्माउ भणीछ, सत्या रितु वर्णन गरिछ। 
    को रे मैना जेठो, 
    को रे देबा बडा 
    को रे रितु जेठो 

    पुछडि लुलुन्छ, हियाले झुरन्छ, कलेजो कटुन्छ.......
    बिन बैनालाको, भाइ निरौकारी हुन्छ
    बिन भाइको, बैनी निरौकारी हुन्छ
    बिन राजाको, प्रजा निरौ हुन्छ
    बिन प्रजाको, राजा निरौ हुन्छ
    बिन देवताको, पूजारी निरौ हुन्छ
    बिन पूजारीको, देवता निरौ हुन्छ
    चैतलो चैतका गीतन्लाइलै भणि छ नेपाल भारतका ठौर ठौर अअफनि पराम्परा अन्सार चैतका गीत गाइनान। तस्याइ दिदीबैनि  भिट्ट्या पर्मरालै ठौर रे समुदाय अनुसार फरक फरक हुन्छ, अछाम बझाङ तिर भिटाउलो माघमै हुन्छ। यिसा मौलिक परम्परा समुदाय लै रे  ठौरकि पछ्याण लै हुन। आधुनिकता रे नक्कलका कारण यिसा मौलिक परम्परा हरान पैरयान। भाषा साहित्य संस्कृति ब्यवहार माइ छाड्डै गयाले हम आफू जसा नहोइ बरे अर्खा जसा हुनाउ। 




    प्रतिक्रिया दिनुहोस