बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

इतिहासकार जीतसिंह भण्डारी


सोमबार, फागुन १६ २०७८
  • 1.5K
    Shares

  • images
    images
    इतिहासकार जीतसिंह भण्डारी

    आफ्ना जीवनकालमाइ जब्सक्कै सक्रिय रे संघर्षशील मान्स हुन जीतसिंह भण्डारी  । बैतड़ी मल्लो स्वराड़ मेल्लौ गरूडÞि का विजयसिंह भण्डारी रे बेसरि देवी भण्डारीका चेला जीतसिंहले गुरूखोलाका भाषा पाठशाला बटि है अफनि प्रारम्भिक शिक्षा  लिइकि हो। प्रजातान्त्रिक विचारधाराका अगुवा भयाइका कारणले अफना जीवनमाइ उनले पटक पटक थुनामाइ बस्स पड्यो। गुरूखोलाइका इस्कूल पडञ्जा दशरथ चन्दलाई राणाले फाँसी दियाका घटना बटिहै राजैतिक चेतनाको संचार  उनमाइ भयो। पञ्चायत व्यवस्था को समर्थन नगरञ्जा बेला बेलामाइ उन खुब सताइना। 
       जीतसिंह भण्डारी सुदूरपश्चिमका पत्रकारिताका लै अगुवा हुन उनले धनगढी बटिहै खप्तड सन्देश पत्रिका सम्पादन रे प्रकासन गरिबरे याँका पत्रकारिताकि जग बसाल्यो। 
       ऊन निरन्तर खोज रे लेखनमाइ लागि रन्या मान्स थ्या। साहित्य सिर्जना रे इतिहासको खोज प्रकाशनमाइ उनरो अमूल्य योगदान रै रैछ। उनरा साहित्यिक÷इतिहासका कृति इसा छन––
       कर्तव्य र अधिकार  ,कविता २०३२
     महाकाली अञ्चलको संक्षिप्त परिचय, इतिहास २०३७
     महाकाली  अञ्चलको राजनैतिक इतिहास २०५२
     गायत्री साधना (धार्मिक)२०६०
      ममताको डोरी उपन्यास  २०६०
     प्राचीन मल्लकालिन इतिहास, बिभिन्न बंशावली र देबी    देबताको   उत्पत्ति  २०६०
     डोटी क्षेत्रको प्राचीन इतिहास, धार्मिकस्थल र बंशावली 
     स्वप्न समाधि उपन्यास 
      यिस्या यै क्षेत्रको इतिहास खोजकि लेखा उनरो योगदान भौतै महत्वपूर्ण धेकिछ। उनले भौत लामो समय रे भौतै मिहनतले सिर्जना भयो डोटी क्षेत्रको इतिहास, धार्मिक स्थल र वंशावली याँका इतिहासको ठूलो दस्तावेज हो। ऐतिहासिक डोटी राज्यकालिन अबस्थाका सङ्ङै तै छेत्रका महत्वपूर्ण धार्मिक ठौरनको समेत इतिहास खोजि बरे प्रकाशित भयाका तै किताबमाइ याँका भौत जातजातिनकि वंशावली लै थोपड्याइ राखिछन। याँका ९ जिल्लानकि पछ्याण, ताँका ऐतिहासिक ठौर, तिर्थस्थल  लगाइतको सुन्नर विवरण उनरा कितापमाइ संकलित छ। 
     बिक्रम सम्बत १९८४÷७÷१६का दिन देहरादूनमाइ उनरो जन्म भयेको हो। उनले अफना जीबनको कर्म क्षेत्र बैतडी, कैलाली कञ्चनपुर बनायो। सुदूरपश्चिमका सपै जिल्लाका बिभिन्न गाउँ ठाउँनको भ्रमण गरि ऐतिहासिक जानकारी रे सामग्री संकलन गर्यो। उनरा किताबमाइ केशवबहादुर चन्दले लेख्या अनुसार प्रजातान्त्रिक विचारधाराका आन्दोलनकारी स्वभावका कारण उनले प्रहरी प्रशासनबटी है बेला बेलामाइ जेलनेल भोग्दु पड्यो। समाजसेवा पत्रकारिता, ऐतिहासिक रे साहित्यक लेखन गद्दा गद्दाइ उनरो देहान्त मिति२०६८÷७÷४ का दिन ८४बर्षकि उमरमाइ महेन्द्रनगर माइ भयो ।




    प्रतिक्रिया दिनुहोस