मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा २१ हजारले लगाए बुस्टर डोज खोप


पश्चिम प्रेस
बुधबार, फागुन १८ २०७८
  • 1.0K
    Shares

  • images
    images
    कञ्चनपुरमा २१ हजारले लगाए बुस्टर डोज खोप

    महेन्द्रनगर ।  कञ्चनपुरमा २१ हजारले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघदेखि हालसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका र जोन्सन गरी २१ हजारले बुस्टर डोज लगाइएको हो ।
    जसमा भेरोसेल लगाउने ५ हजार ४९९, कोभिसिल्ड लगाउने १४ हजार ६११, अस्ट्राजेनेका लगाउने  ८१६ र जोन्सन एन्ड जोन्सन ४७६ गरी २१ हजार ४०२ ले बुस्टर डोजको खोप लगाएका छन । अहिले पनि बुस्टर डोजको खोप अभियान नियमित चलिरहेको छ । सरकारले सुरुमा अग्रपंक्तिमा रहन कर्मचारीलाई बुस्टर डोजको खोप अभियान सुरु गरेको थियो ।  


    प्रतिक्रिया दिनुहोस