महेन्द्रनगर । महेन्द्रनगर स्थित महाकाली प्रादेशीक अस्पतालले भीमदत्त नगरपालिकामा रहेको समाज कल्याण अञ्चल वाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परिक्षण एंव औषधी वितरण गरेको छ ।
शनिवार अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको तीस जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना वालवालिकाको स्वास्थ्य जाँच गरि औषधी वितरण गरेको महाकाली प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. अर्जुन भट्टले जानकारी दिए । “सजह रुपमा स्वास्थ्य सेवा पाउन नसकेका वस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउदै आएको छ ।” उनले भने–“सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एंव औषधी वितरण गरेका हौ ।”
त्यसैगरि महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको समेत स्वास्थ्य परिक्षण एंव औषधी वितरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको बताए । “यसअघि दोधारा चाँदनी र लालझाडीको विकट बस्तीमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरेका थियौ ।” अध्यक्ष भट्टले भने–“सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।”
समाज कल्याण अञ्चल वाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले दाताको भरमा सञ्चालन भइरहेको अनाथालयमा अस्पतालले औषधी उपचार गरिदिदा थप सहयोग पुगेको बताए । “अनाथालय दाताहरुको दानले चलिरहेको छ राज्यपक्षबाट सहयोग हुन सकेको छैन ।” उनले भने–“अनाथालय दैनिक सञ्चालनमा समस्या भइरहेका बेला अस्पतालले औषधी उपचार गरिदिदा सहज भएको छ ।” उहाँका अनुसार अनाथालयमा २५ जना वालवालिका रहेका छन । उहाँहरुको पालनपोषण दाताहरुकै भरमा भइरहेको छ ।
.gif)