अछाम । अछामको एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिकाको एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको हो ।
कमलबजार नगरपालिका–९ मस्टाबण्डालीमा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने फ्रिज भित्र ३ वटा बियरका बोतल राखिएको भिडियो स्थानीयले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेर भिडियो बनाइएको बताइएको छ ।
वडा नं ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राखेको पाइएको स्वीकार गरेका छन् । उनले फ्रिजमा बियर राख्नेलाई छानबिन गरेर कारबाही गर्ने जनाएका छन्।
.gif)