जेठ पन्ध्र लाग्याे कि विकासे कार्यालयहरु सब चाैकन्ना हुन्छन् । मर्ने बेला हरियाे काक्रो भनेझैं आर्थिक बर्षकाे अन्तमा विकासे धामधुम बिहान सात नबज्दै शुरु भएर राति अबेरसम्म चलिरहन्छ । जेठ पन्ध्रदेखि असार पन्ध्रसम्मको याे एक महिनाको समयावधि तिव्रतर विकासका लागि मात्रै बनेको हाे झैं लाग्छ । हाेटलका हलहरु विभिन्न तालिम, गाेष्ठी, सेमिनारका निहुँमा खचाखच भरिएका देख्न सकिन्छन् भने बाहिर पनि उस्तै ग्र्याबल बाेकेका टिपरहरु सडकमा कुँदिरहेका, सडक धमाधम निर्माण भैरहेका, पानीका पाइपहरु बिछ्याउँदै गरेका दृश्यहरु हेर्न कम्ती रमाईलाे हुँदैन । कार्यालय भित्र हाेस् कि बाहिर मान्छेहरुकाे चाैतर्फी भीड
देख्न सकिन्छ। यस्तै दृश्य देखेर दुईजना साथीहरू आपसमा कुरा गरिरहेका देखिन्छन् ।
पहिलो साथी- यार यिनीहरु बर्षभरि कता लुकिराख्छन् एघार
महिना गायब अनि असारे गन्ध आयाे कि यिनीहरुकाे
गति रकेटभन्दा तीब्र रफ्तारमा चल्छ भने ।
दाेस्राे साथी - अँ यार बर्षैभरि यसरी खटिएको भए नेपाल उहिले नै
विश्वकाे नम्बर १ विकासशील देश बन्ने थियाे ।
बर्षभरि सुतिराख्छन्, अहिले आएर आँखामा छाराे
हाल्ने काम गर्छन् । गजब छ बा !
पहिलो साथी - याे सब व्यक्ति पाेष्याउने, देश डुबाउने चर्तीकला
हाे कसरी नभन्नु ।
दाेस्राे साथी - कागजका घाेडा दाैडाएर कागजी तथ्यांक सबल
देखाउने अनि आफू माेटाउने जनता दुब्लाउने
रणनीति हाे याे ।
पहिलाे साथी - सबै उस्तै हुन् यार के नेता ? के कर्मचारी ?
के ठेकृदार? के जनता ?
दाेस्राे साथी- हाे नि त सिस्टम नै नभएको देश । जनता सुतेका
नभए यतिसम्म त हुन्थेन ।
पहिलाे साथी - अनि नेता र कर्मचारी कानुन कानुन, देशदेश
कराउँदै आफुप्रति पूर्ण बफादार । कानुन नभएको देश ।
यत्तिकैमा तिनीहरूको बिचमा अज्ञात तेस्रो मान्छेकाे प्रवेश हुन्छ ।
तेस्रो मान्छे- भैगाे के वकवक् गर्नु भा तपाईंहरु विकास त अरु
बेला पनि चलिरहन्छ तर धिमा गतिमा । याे चाँही
असारे विकास हाे असारे बरिखाकाे भेलसँगै बग्ने
सदाबहार विकास । नेपालमा बर्षाैदेखि यस्तै
चलिरा´छ यत्ति पनि था नभाका कस्ता हामी ?
.gif)