उसैकि कृपा हो उसैकि माया
ढड्डाका निउँता मेसेजमा आया
खोण्पाका निउँता फेसबुकमा छाया
बिशेषलाई कार्ड रे चिठी पठाया
निउँतो नधेक्द्या खुस्स खिसाया
ठुल्ठुला नाकका तसाइ रिसाया
असण्या काजबार मस्त सुहाया
भौल्याले लौन सेल कुपकुप खाया
कसैकि गाडी छ कोइ हिटी औन्ना
ठउँ ठउँमा व्यानर हौलमा लौन्ना
मोबाइल क्यामरा खुबै घुमौन्ना
अनेक ढङ्ङका फुटा खिचौन्ना
कुममा कुमजोडी माया मिसौन्ना
जिबडो दाँतिमुणि तम खिसौन्ना
असण्या काजबार खुपै सजौन्ना
भौल्याका बजेट गेदा पचौन्ना
कागजका घोडा मैनाभरि दौड्या
बटाका किनारन धेकिनान बेउड्या
कोइ भया आबाद कोइ भया तौड्या
कुर्सीमा घुमिरन्या देशका मौड्या
देश बनौ भुणन्थ्या आसि हतौड्या
दलाली आहाल तन तसाइ पौड्या
असाड सोड्ड्याले बोतलै सोड्या
भौल्याका आँखा क्याले भ्या कौण्या
न ढप ढङ्ङको विकास भयो
जनताका पैसाको सत्यानाश भयो
स्वतन्त्र नेपाली दङ्गदास भयो
उइ पौन्छ बजेट जो खास भयो
आसन वलाकि गुल्ल्यो गाँस भयो
गरिवका देनिक उपवास भयो
असड्या पानीको पर्दाफाँस भयो
भौल्या बेकारमाइ उदास भयो
सालभर हिट्टान कछुवाकि चाल
असाडका मैना ससाकि फाल
बियर ह्विस्कीले गर्यो बबाल
तोखिकि काँ गयो जेठ असाड
कट्कि र आइझालो फिरि नयाँ साल
असण्या विकासै मस्ती नेपाल
धेक्का त पुइ जाण्ना भौल्याकि फाल
यिसेरि बनिझालो नयाँ नेपाल
आब यिसो गद्दौ घडी बणौनौ
सय दिनको मैना असाड बनौनौ
बदल्या असाड रुख ढलौनौ
सूर्यका अइतिर ग्रहण लौनौ
फुटेकि घण्टी भाइर लफौनौ
हन्दाराे बाल्लौ किणा धपौनौ
मुसानकि मिलिबरे छिट्की सलौनौ
बिउजि झा भौल्या देश बनौनौ
.gif)