मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पार्टी संयोजक पाण्डे भन्छन् रबिन्द्र मिश्रले जारी गरेको धारणा व्यक्तिगत ।


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 531
    Shares

  • images
    images
    पार्टी संयोजक पाण्डे भन्छन् रबिन्द्र मिश्रले जारी गरेको धारणा व्यक्तिगत ।

    विवेकशील साझा पार्टीक संयोजक मिलन पाण्डेले रविन्द्र मिश्रले सार्वजनिक रुपमा जारी गरेको ‘संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने’ प्रस्ताव नितान्त व्यक्तिगत विचार रहेको बताएका छन् ।

    ‘पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,’ फेसबुकमा उनले लेखेका छन् । विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी रहेको धारणा प्रस्तुत गरेका छन् । ‘बाँकी विचारहरू नितान्त व्यक्तिगत’ हुन्,’ उनले लेखेका छन् ।


    प्रतिक्रिया दिनुहोस