सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

किसानलाई न मल न जल,दिवस मनाउन सरकारको बल


शनिबार, असार १६ २०८१
  • 655
    Shares

  • images
    images
    किसानलाई न मल न जल,दिवस मनाउन सरकारको बल

    आज असार पन्ध्र गते अर्थात धान दिवस । विहानैदेखि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा सरकार प्रमुख र विभिन्न राजनितिक दलहरुले रोपाइ गरेका दृश्य प्रसस्त देख्न पाइयो ।
     तर वास्तवीक किसानहरुलाई भने धान दिवस संगको कुनै वास्ता देखिदैन । हामी कृषिप्रधान देशका नागरिक र हाम्रो कृषिप्रधान देश हो । यो नारा सुन्दै र भन्दै आएका छौं । नेपालको जनसंख्याको ठुलो हिंसा अहिले पनि कृषि पेशामा नै आश्रित छ । तर हाम्रा कृषिप्रधान देशका किसानाहरु सधै पिडामा रहने गरेका छन । उनीहरुलाई धान दिवसभन्दा पनि मल र जलकै पिरलो छ ।
     यहाँ किसानहरुले न मल पाएका छन न जल पाएका छन तर सरकार भने दिवस मनाउन बल गरिरहेको छ । कहिले विउको अभाव त कहिले आफुले उत्पादन गरेको उपजको मुल्यको अभाव । यस्तै अभाव र पिडामा कृषिप्रधान देश नेपालका किसान जिउनु परेको छ । सरकारले रोपाइ गरेर सामाजिक सञ्जालमा धान दिवसको शुभकामना दिनु बाहेक केहि छैन । राजनितिक दलहरु पार्टीको झन्डा लिएर रोपाइ मनाउन व्यस्त छन । रोपाइ गरेका दृश्य सामाजिक सञ्जालमा पोष्ट गर्न र किसानलाई शुभकामना दिन बाहेक किसानको वकातलतका लागि कहिले बोलेनन । अहिले पनि किसानहरुले डिएपी मलको अभाव झेलीरहेका छन । कतिपय खेतीयोग्य जमिनमा सिचाँइ नभएर आकाशको पानी कुरिरहेका छन । तर न राज्य न राजनितिकदलहरु किसानलाई समयमै मल र जल दिने कुरामा कहिल्यै लागेनन । 
       सुदूरपश्चिममा ३ लाख ६९ हजार ७ सय ९६ हेक्टर खेतीयोग्य जमिनका लागि आवश्यक पर्ने मलखाद सरकारले समयमा उपलब्ध गराउन सकेको छैन । यो समस्या अहिले मात्रै होइन हरेक वर्ष किसानले खेती गर्नेबेला झेल्नु परेको छ । सरकारले मल मात्रै होइन सिचाँइका लागि जल समेत किसानलाई उपलब्ध गराउन सकेको छैन । कैलालीको रानीजमरा कुलरिया सिचाँइ आयोजना र कञ्चनपुरको महाकाली सिचाँइ तेस्रो चरण आयोजना मात्रै सम्पन्न हुने हो भने सुदूरपश्चिम प्रदेशको अन्नभण्डारको रुपमा रहेको कैलाली –कञ्चनपुरमा सिचाँइ सुविधा उपलब्ध हुन्छ ।
     धान र गहुँ खेतीका लागि यहाँको भूमि अत्यन्तै उर्वर मानिन्छ । यी दुई जिल्लामा उत्पादित खाद्यान्नले सुदूरपश्चिमका नौ वटै जिल्लालाई वर्षभरि खान पुग्छ । तर, यही उर्वर भूमीमा सिचाँइ सुविधा उपलब्ध नहुनु र किसानहरु आकाशे पानीको भरमा रोपाइ गर्नु कृषिप्रधान देशका लागि र्दुभाग्य हो ।  सुरु भएका सिचाँइ आयोजना समेत समयमा सम्पन्न नहुँदा यहाँका किसान हरेक वर्ष आकाशे पानीको भरमा रोपाइ गर्न बाध्य छन । 
     सिचाँइ सुविधा अभावकै कारण कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्रै रोपाइ सम्पन्न भएको छ । कञ्चनपुरमा खेतीयोग्य जमिनको २९ प्रतिशतमा मात्रै सिचाँइ सुविधा उपलब्ध छ ।   कञ्चनपुरमा ३३ हजार हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगाउने लक्ष्य अनुसार २०६२/०६३ सालदेखी सुरु भएको महाकाली सिचाँइ तेस्रो चरणको राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा समेत सम्पन्न हुन सकेको छैन ।
     कञ्चनपुरमा हाल महाकाली सिचाँइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध छ । २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिचाँइ पहिलो चरणबाट ४ हजार ८ सय हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त,बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा उपलब्ध छ । तर सुख्खा याममा भारतले नेपालतर्फ थोरै पानी छोड्ने भएका कारण बेलौरी नगरपालिका सम्म पानी पुग्दैन जसका कारण यहाँका किसानहरुले पानी नपाउने समस्या झेल्दै आएका छन ।
     २०६३ सालबाट महाकाली सिचाँइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्रै निमार्ण भएको छ । ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म ७ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार ५ सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगाउने आयोजनाको लक्ष्य भएपनि बजेट अभाव लगायतका समस्याका कारण आयोजनाको काम सुस्त छ ।
     सरकारले निमार्ण सुरु गरेका सिचाँइ आयोजना समयमै सम्पन्न गर्ने र किसानलाई समयमै मल उपलब्ध गराउनु आवश्यक छ । अन्यथा कृषिप्रधान देश भन्नुको कुनै तुक छैन । 


  • सम्बन्धित विषय:

  • # किसानलाई न मल न जल


  • प्रतिक्रिया दिनुहोस