महेन्द्रनगर । सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले बैशाखमा हुने स्थानीयतह निवार्चनमा धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन । बिहीबार हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै मेयरमा जित भएपछि उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने बताए । ‘धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दैन मेयरले पाउने कुनै लाभ लिदैन ।’ उनले भने– ‘निस्वार्थ रुपमा काम गर्छु ।’ हमालले अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
.gif)