बैतडी । सौताको हत्यामा संलग्न दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई कारागार चलान गरिएको छ ।जिल्ला अदालत बैतडीले महरालाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडी प्रहरीले जनाएको छ । गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन् । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले हत्या स्वीकारेको प्रहरीले जनाएको छ ।
.gif)