शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

आज सुदूरपश्चिमसहित यी ६ प्रदेशमा भारी वर्षा हुने अनुमान


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 612
    Shares

  • images
    images
    आज सुदूरपश्चिमसहित यी ६ प्रदेशमा भारी वर्षा हुने अनुमान

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

    बुधबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

    बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले  हल्कादेखि मध्यम वर्षा भैरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा भारी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


    आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  

    राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • प्रतिक्रिया दिनुहोस