शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

धनगढीमा एउटै वडाका ७ जनामा हैजा सङ्क्रमण


पश्चिम प्रेस
बिहीबार , साउन १७ २०८१
  • 875
    Shares

  • images
    images
    धनगढीमा एउटै वडाका ७ जनामा हैजा सङ्क्रमण

    धनगढी । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौँमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । 

    पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो । ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ ।

    यसैगरी, काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिशा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपलिका–१ का ७ जनामा हैजा पुष्टि भएको छ ।  

    बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।   


  • सम्बन्धित विषय:

  • # हैजा सङ्क्रमण
  • प्रतिक्रिया दिनुहोस