लैजाऊ राष्ट्रियता एकथान बिक्रीमा छ।
सक्छौ लगाऊ मूल्य इमान बिक्रीमा छ।
सौदा मिलोस न मात्रै पर्खि रहेछ मान्छे,
कुरा नगर्नु देशको संविधान बिक्रीमा छ।
आँखा जुधाऊ हेर्न सक्छौ भने मलाई
खोला सबै सकायौ मैदान बिक्रीमा छ।
भो नेत्र खोल शंकर यी भस्म पार्नुपर्छ
बेची सके नि सारा श्मशान बिक्रीमा छ।
मेरो सड्किन्छ बुद्धि तिम्रो कुबुद्धीदेखि
विद्वान हूँ नभन्नू, सारा ज्ञान बिक्रीमा छ।
बाँच्छु भनेर नि खबर गर्न चर सम्म पाउने छैन
दिन यस्तो आउला मर्न जहर सम्म पाउने छैन
मदहोसी यतिसम्म होला भन्ने सोचको थिएन
सौदा इमानको हुँदा ऊ खबर सम्म पाउने छैन
तिम्रो समाजवाद यस्तो हुन्छ भन्ने थाहा थिएन
स्वाभिमान बोकेर त बस्ने घर सम्म पाउने छैन
तर जीवनभरिको उपलब्धि शिरमै राखेको छु
दुष्ट नयनहरू त हेर्ने अवसर सम्म पाउने छैन।
.gif)