काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलेको छ । यसै क्रममा उनले लामो समयदेखि फलो गरिरहेको उनको आफ्नै पेज ‘केपी बा’लाई अनफलो गरेका छन् ।
६ लाख ६२ हजार जनाले केपी शर्मा ओलीको फेसबुकलाई फलो गरेकोमा मंगलबार दिउँसोबाट अनफलो गर्नेको संख्या बढेको हो । अहिले (बुधवाल बिहान ११ बजे)सम्म ओलीको फेसबुक पेजमा फलोअर्स ५ लाख ९६ हजारमा झरेको छ । हिजो दिउँसोबाट अहिले बिहान सम्ममा अहिलेसम्म ६६ हजार जनाले ओलीको फेसबुकलाई अनफलो गरेका हुन् ।
.gif)