सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

फेल भएपछि जब युवकले कलेजमा छिरेर अन्धाधुन्ध छुरा प्रहार गरे...


पश्चिम प्रेस
आइतबार, मंसिर २ २०८१
  • 410
    Shares

  • images
    images
    फेल भएपछि जब युवकले कलेजमा छिरेर अन्धाधुन्ध छुरा प्रहार गरे...

    काठमाडौँ ।  पूर्वी चीनको जियाङ्सु प्रान्तको वुसी सहरस्थित एक क्याम्पसमा एक जनाले अन्धाधुन्ध छुरा प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ। यस्तै १७ जना घाइते भएका छन्।

    वुसी यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स कलेजमा छुरा प्रहारको घटना भएको हो। घटनापछि एक २१ वर्षीय युवकलाई प्रहरीले प्रक्राउ गरेको छ।

    स्नातक परीक्षामा खराब नतिजा आएका कारण प्रमाणपत्र प्राप्त गर्न असफल भएपछि दुःखी भएपछि उनले आक्रमण गरेको अपराधमा संलग्न व्यक्तिले प्रहरीसँग बयान दिएको चिनिया सञ्चारमाध्यमले जनाएको छ।  

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


    प्रतिक्रिया दिनुहोस