बैतडी जिल्लामा थुप्रै प्राचीन सम्पदाहरु रहेका छन् । विभिन्न धार्मिक, ऐतिहासिक तथा प्रर्यटकीय महत्वका यी सम्पदाहरु मध्ये बैतडी जिल्लाको मेलौली नगरपालिका अन्तर्गत रातिखाली ओझागाउँमा रहेको प्राचीन छःडी मन्दिर पनि एक हो । यस मन्दिरको स्थापना झण्डै सातआठ शय बर्ष पहिले भएको मानिन्छ । ओझागाउँमा शिव मन्दिर स्थापना हुनु पूर्र्व नै छःड़ी देवताको स्थापना गरी त्यस क्षेत्रका तत्कालीन बासिन्दा रावत सुतारका पूर्वजहरूले पूजाआजा गर्ने गरेका थिए । उक्त क्षेत्रबाट ती बासिन्दाहरुको विस्थापन तथा बसाइसराइ पछि ओझाहरूका पूर्वजहरूले शिवदेवतासँगै भूदेव (क्षेत्रपाली देवताका रूपमा) मान्दै आएका छन् । विगतदेखि हालसम्मको समयावधि एकिन नभए पनि २० पुस्ता देखि यस मन्दिरको जिम्मेवारी ओझा तथा अवस्थीहरूले गर्दै आइरहेको पाइन्छ । भनिन्छ पहिले धाऽड (लुटपाट )का बेला छःडी देवताको भणार छःड़ी कठा लुकाइएको थियो र कैयौँै वर्षसम्म देवताको पुजाआजा पनि त्यसै काठाको ढुङ्गामा गरिन्थ्यो, पछि ओझाका पूर्वजहरुले अलिमाथि मन्दिरको स्थापना गरेका थिए । छड़ी देवताको रानुबानु ÷भणारो कठा लुकाएको भनिएको तर पछि के भयो ? त्यसबारे कुनै जानकारी रहेको छैन । ओझागाउँका अतिरिक्त शिवनाथको ढुङ्खानीमा पनि यसको थपना रहेको र कुमाउ लगायत डोटी राज्यका अन्य ठाउँमा पनि छड़ी देवताका स्थान रहेका छन् । खासगरी रखवाली गर्ने छडीधारी भएर पनि छड़ी नामाकरण नामाकरण हुनसक्छ । शिवदेवताका खामको मुखिया नै यसका धामी तथा मुख्य कारिन्दा रहने गरेका छन्, विगतमा मु. बिर्पल ओझा थिए । वंश परम्परा अनुसार हाल उनकै जेठा छोरा मनोरथमा त्यो जिम्मेवारी सरेको छ । पुजारीका रूपमा विगतमा नारायण ओझा र जोगी ओझा रहेका थिए भने हाल गंगादत ओझा र धर्मदेव ओझा छन् । त्यस आलमा चडामुसाबाट खेतिपातीको रक्षा गर्ने देवताका रूपमा तिलगाउ रातिखाली ओझागाउ दवानीका भूम्म्या देवता छड़ीलाई मानिन्छ । साथै त्यस आलमा बसेका र खेतिपाती गर्ने जुनसुकैले पनि देव अंश मन्दिरमा चढाउने प्रचलन छ ।
यस ठाउँलाई पर्यटकीय तथा धार्मिक रूपमा विकास गर्ने सकिने पर्याप्त सम्भावनाहरू रहेका छन् । यस छःडी मन्दिर रहेको ठाउँबाट तिलगाउँ उपत्यकासँगै आसपासका ठाउँहरूको दृश्यावलोकन गर्न सकिन्छ भने छःडी खोलाको झरना पनि दर्शनीय छ । यसै मन्दिरको शिरानमा मणिलेक मा वि रहेको छ र मन्दिरबाटै गएको सार्वजनिक बाटो थुप्रै गाउँ र मन्दिरहरूसँग जोडिएको छ भने प्रस्तावित लामालेक थ्वा सडक योजना पनि मन्दिर नजिकै भएर बन्दैछ ।
.gif)